Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 59 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कुनै पनि मुमिन पुरुषले मुमिन महिलालाई घृणा गर्नु हुँदैन । यदि उसलाई उसको एउटा गुण मन पर्दैन भने अन्य बानी मन पर्नेछ । " वा "अन्य" को सट्टा उहाँले "अर्को" शब्द भन्नुभयो ।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पतिलाई आफ्नी पत्नीप्रति घृणा नगर्न आदेश दिनुभएको छ, जसले अन्याय, परित्याग र सम्बन्ध विच्छेदलाई निम्त्याउँछ । किनभने हरेक मानिसमा जन्मजात केही न केही कमजोरीहरू हुन्छन्। त्यसैले, यदि पतिलाई आफ्नी श्रीमतीको कुनै बानी मन पर्दैन भने, अर्को कुनै बानी निश्चय नै मन पर्न सक्छ। यस्तो अवस्थामा आफूलाई मन पर्ने बानीमा खुशी रहनुपर्छ र मन नपर्ने बानीमा धैर्य धारण गर्नुपर्छ। यसो गर्नाले सुमधुर वातावरण सिर्जना हुन्छ र मन नपर्ने कुराहरू सम्बन्ध विच्छेदको बिन्दुसम्म पुग्ने छैनन् ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality