Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 60 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूले अल्लाह र उहाँका रसूलप्रति विश्वास नगरेसम्म स्वर्गमा प्रवेश गर्ने छैनौ, र तिमीहरूले एकअर्कासँग प्रेम नगरेसम्म तिमीहरूको आस्था पूर्ण हुने छैन। के म तिमीहरूलाई एउटा यस्तो कुरा नबताऊँ, जुन यदि तिमीहरूले गर्न थाल्यौ भने तिमीहरू आपसमा माया गर्नेछौ? तिमीहरू आपसमा सलाम (शान्तिको अभिवादन) फैलाऊ।”»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, स्वर्गमा आस्थावानहरू मात्र प्रवेश गर्नेछन् र साथै एकअर्कालाई प्रेम नगरेसम्म नत आस्था पूर्ण हुन्छ नत मुस्लिम समाजको अवस्था सुध्रिन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रेमलाई सुदृढ र प्रगाढ बनाउने सर्वोत्तम कुराको मार्गदर्शन गर्नुभयो, त्यो हो मुस्लिमहरूबीच सलाम गर्ने व्यवहार फैलाउनु, जसलाई अल्लाहले भक्तहरूको लागि अभिवादनका रूपमा निर्धारित गर्नुभएको छ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality