Hadith for the World
Tap the image to view it full size
हदीस र उलूमे हदीस

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 71 languages
«अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मबाट प्राप्त सन्देश अरूलाई सुनाउ, चाहे त्यो केवल एक पद किन नहोस् । र "बनू इस्राएल" ( नबी मोसेसको समूदाय ) मार्फत जे ज्ञान प्राप्त हुन्छ त्यो पनि धक नमानिकन बयान गर ।र जसले जानाजानी मेरो बारेमा झूटो बोल्छ, उसले आफ्नो घर नरकमा बनाओस् ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनी द्वारा आएको कुर्आन र हदीसको ज्ञानलाई प्रसारण गर्न आदेश दिनुभएको छ, चाहे त्यो ज्ञान कुर्आन र हदीसको एक पद किन नहोस्। तर शर्त के छ भने त्यस ज्ञानको प्रचारप्रसार गर्ने व्यक्ति र त्यसको आह्वानकर्तालाई स्वयम नै त्यस कुराको जानकार हुनुपर्‍यो। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "बनू इस्राएलको" समयमा भएका यस्ता घटनाहरू जुन हाम्रो शरियतसँग विरोधाभास छैन, ती कुराहरू वर्णन गर्न कुनै समस्या छैन । त्यसपछि उहाँले उनी प्रति झूट बोल्नबाट सावधान रहनु हुन सचेत गर्दै भन्नुभयो, कि जसले म बारे जानाजानी झुटो बोल्छ, उसले आफ्नो घर नर्कमा बनाओस् ।

Source
बुखारीले वर्णन गरेका छन्
Download image

Saved at original quality