Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् :

Available in 60 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : “अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मक्का जाने बाटोमा हिँडिरहनुभएको थियो। बाटोमा 'जुम्दान' नामक एउटा पहाड देखा पर्यो। तब उहाँले भन्नुभयो, ‘तिमीहरू अघि बढ, यो जुम्दान हो। एकल उपासकहरूले अग्रता लिइसके।’ मानिसहरूले सोधे, ‘हे अल्लाहका रसूल! एकल उपासकहरू भनेको को हुन्?’ उहाँले जवाफ दिनुभयो, ‘अल्लाहलाई धेरै सम्झने पुरुष र महिलाहरू»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको अत्यधिक स्मरण गर्ने व्यक्तिहरूको उच्च स्थानलाई स्पष्ट रूपमा व्याख्या गर्नुभयो कि उनीहरूले अरू सबैभन्दा अघि बढेर स्वर्गका उच्चतम स्थानहरू प्राप्त गरेका छन्। उहाँले उनीहरूको यो विशिष्ट स्थानलाई ‘जम्दान’ पर्वतसँग उदाहरणस्वरूप प्रस्तुत गर्नुभयो, जो अन्य पर्वतहरूभन्दा एक्लै अलग र सर्वोच्च छ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality