Hadith for the World
Tap the image to view it full size
अकीदा

इब्न अब्बास (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:

Available in 60 languages
«इब्न अब्बास (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "अल्लाहले मेरो उम्मत (समुदाय) का लागि अज्ञानता र बिर्सिएर गरिएका गल्तीहरू तथा जोर-जबरजस्ती गरेर गर्न लगाइएका निषेध कार्यहरू क्षमा गरिदिनुभएको छ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभयो, अल्लाहले उहाँको उम्मतलाई तीन अवस्थाका कार्यहरु माफ गरिदिनुभएको छ: १- गल्ती (खता): यो अन्जानमा गरिएको कार्य हो। जस्तै: मुस्लिमले कुनै कुरा गर्न इच्छा गर्छ, तर उसको कार्यले अपेक्षित नतिजा भन्दा फरक परिणाम दिन्छ, यस्तो अवस्थामा पाप लाग्दैन। २- बिर्सनु (निस्यान): जस्तै मुस्लिमले कुनै कुरा गर्न याद गरेको हुन्छ, तर कार्य गर्दा बिर्सिन्छ, त्यसमा पनि कुनै पाप लाग्दैन। ३- जबरजस्ती (इक्राह) हो। दासलाई उसले नचाहेको काम गर्न बाध्य पार्न सकिन्छ र ऊ जबरजस्तीको प्रतिरोध गर्न असमर्थ हुन्छ। त्यस अवस्थामा, उसलाई कुनै पाप वा गलत कार्य गरेमा कुनै पाप वा दोष लाग्दैन। तर, ध्यान दिनुपर्ने कुरा के हो भने, यो हदीस अल्लाह र व्यक्ति बीचको मामिलामा लागू हुन्छ — अर्थात्, यदि गल्ती, बिर्सिँदा वा जबर्जस्तीमा कुनै निषेध कार्य हुन गएमा अल्लाहले क्षमा गर्नुहुन्छ। तर, आदेशित कार्यहरू (जस्तै नमाज, रोजा आदि) बिर्सेर नगर्दा उक्त कर्तव्य क्षमा हुँदैन बरु गर्नैपर्ने हुन्छ। त्यसैगरी, यदि गल्ती वा बिर्सिएर कसैको अधिकारमा हानि पुग्न गएमा, त्यो क्षम्य हुँदैन — उदाहरणका लागि, यदि कसैद्वारा गल्तीले कसैको हत्या भएमा उसमाथि 'दियत' (रक्तमूल्य) अनिवार्य हुन्छ, त्यसैगरी कसैले गल्तीले अरूको गाडी बिगारेमा त्यसको क्षतिपूर्ति तिर्नुपर्दछ।

Source
رواه ابن ماجه والبيهقي وغيرهما
Download image

Saved at original quality