Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 60 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "समुहका साथ पढिएको नमाज (को पुण्य र श्रेष्ठता) बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ । तिमीहरूमध्ये जब कसैले वुजू गर्छ अनि राम्रो तरिकाले वुजू गर्छ अनि नमाज पढ्ने मनसायले मस्जिद जान्छ भने मस्जिद नपुगेसम्म उसले चालेको हरेक पाइलाको बदलामा उसले एक पुण्य पाउँछ र उसको एउटा पाप क्षमा हुन्छ । मस्जिदमा प्रवेश गरिसकेपछि नमाजको लागि पर्खन्छ र जबसम्म नमाज पढ्ने समयलाई पर्खि बस्छ, ऊ उपासनाको अवस्थामा मानिन्छ। त्यसैगरी, यदि कुनै व्यक्ति नमाज पढेर आफ्नो स्थानमा बसिरहन्छ, जबसम्म उसले कसैलाई दुःख दिँदैन वा उसको वुजु भङ्ग हुँदैन, तबसम्म फरिश्ता (स्वर्गदूत) हरूले उसको लागि अल्लाहसँग यस्तो प्रार्थना गरिरहन्छन्: “हे अल्लाह! उमाथि दया गर्नुहोस्। हे अल्लाह! उसलाई माफ गरिदिनुहोस्। हे अल्लाह! उसको पश्चात्ताप स्वीकार गर्नुहोस्।”»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई भन्नुभएको छ, यदि एक मुस्लिमले समुहका साथ नमाज पढ्छ भने, त्यो उसको घर वा बजारमा पढिएको नमाज भन्दा बीस गुणा राम्रो र पुण्यदायक हुन्छ । त्यसपछि उहाँले त्यसको कारण बताउनुभयो: यदि कुनै व्यक्तिले वुजू गर्छ र राम्रोसँग वुजू गर्छ अनि नमाज पढ्ने मनसायले मस्जिद जान्छ भने उसले चालेको हरेक कदमको बदलामा एउटा पुण्य पाउँछ र उसको एउटा पाप मेटाइन्छ । मस्जिदमा प्रवेश गरेपछि ऊ नमाजको लागि जबसम्म पर्खन्छ, उसले नमाजको पुण्य पाउनेछ र नमाज पढेर आफ्नो ठाउँमा जबसम्म बसिरहन्छ, फरिश्ता (स्वर्गदूत) हरूले उसको लागि यसरी प्रार्थना गरिरहन्छन् : "हे अल्लाह, उसलाई माफ गर्नुहोस्, हे अल्लाह, ऊ माथि कृपा गर्नुहोस्, हे अल्लाह, उसको पश्चात्ताप स्वीकार गर्नुहोस् ।" जबसम्म उसको वुजु भङ्ग हुदैन वा उसले मानिसहरू वा स्वर्गदूतहरूलाई हानि पुर्‍याउने कुनै काम गर्दैन (तबसम्म फरिश्ताहरूले उसको लागि प्रार्थना गरिरहन्छन् ) ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality