सद्गुण र आचरण
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
Available in 70 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस कुद्सीमा भन्नुभएको छ : अल्लाह भन्नुहुन्छ : "एक व्यक्तिले पाप गर्यो र भन्यो: हे अल्लाह! मेरो पापलाई क्षमा गर्नुहोस्, तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । त्यसपछि उसले फेरि पाप गर्यो र भन्यो: हे मेरो पालनकर्ता, मेरो पापहरू क्षमा गर्नुहोस्! तब अल्लाहले भन्नुभयो: मेरो दासले पाप गर्यो र त्यसपछि उसले महसुस गर्यो, उसको एक पालनकर्ता छ, जसले उसको पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ । [हे मेरा उपासक] तिमी जे चाहन्छौ गर, मैले तिमीलाई क्षमा गरें ।”»Meaning translation ·
Saved at original quality








