Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 70 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूलाई थाहा छ गीबत [चुक्ली] भनेको के हो?" साथीहरूले भने: अल्लाह र उनका रसूल राम्ररी जान्दछन् । उहाँले भन्नुभयो: "तिमीले आफ्नो भाइको बारेमा उसलाई मन नपर्ने कुरा गर्नु।" साहबाले सोधे: हामीले भनेको कुरा यदि साँचो हो भने के त्यो पनि चुक्ली हुन्छ? उहाँले भन्नुभयो: "तिमीले भनेको कुरा यदि साँचो हो भने तिमीले उसको गीबत (चुक्ली) गर्यौ र यदि यो नभएको कुरा काट्येउ भने तिमीले उसलाई झुटो आरोप लगायौ ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित गीबतको व्याख्या यसरी गर्नुभएको छ : मुस्लिमको अनुपस्थितिमा उसलाई मन नपर्ने कुरा भन्नु । चाहे त्यो कुरा उसको शारीरिक संरचनासँग सम्बन्धित होस् वा उसको बानी र नैतिकतासँग, जस्तै : अन्धो, धोखेबाज र झूटो आदि त्यो गुण उसमा भए पनि । यदि त्यो गुण उसमा छैन भने, यो एक झूटा आरोप हो, जुन गीबत [चुक्ली] भन्दा ठूलो अपराध हो ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality