Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

मुआविया (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :

Available in 66 languages
«मुआविया (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई इस्लाम धर्मको गहिराइका साथ समझ दिनुहुन्छ। म त केवल (ज्ञान)बाँड्नेवाला हुँ, दाता त अल्लाह हुन् । यो उम्मत सधैं अल्लाहको आदेशमा अडिग रहिरहनेछ, अल्लाहको आदेश नआएसम्म यसको विरोध गर्नेहरूले तिनीहरूलाई (अर्थात अल्लाहको आदेशमा अडिग रहनेवाला हरुलाई) हानि गर्न सक्नेछैनन् ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले जसको लागि भलाइ चाहनुहुन्छ, उसलाई धर्मको गहिराइका साथ समझ दिनुहुन्छ । अनि उहाँ (अलैहि सलात वस्सलाम) केवल (ज्ञान) बाड्ने हुन्, उहाँ अल्लाहले प्रदान गर्नुभएको जीविका र ज्ञान आदि बाँड्नु हुन्छ, जबकि वास्तविक दाता अल्लाह हुन् । उहाँ बाहेक अरू सबै केवल माध्यम हुन् जसले अल्लाहको अनुमति बिना फाइदा पुर्याउँन सक्दैनन्। यो उम्मत (राष्ट्र) कयामतको दिनसम्म अल्लाहको धर्ममा अडिग रहनेछ र विरोध गर्नेहरूले कुनै हानि गर्न सक्ने छैनन्, यहाँसम्म कि कयामत आउँछ ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality