Hadith for the World
Tap the image to view it full size
जीवनी र इतिहास

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

Available in 48 languages
«अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, "नबी (सल्लल्लाहु अलैहि वसल्लम) का केही सहाबाहरूले उहाँका श्रीमतीहरूसँग उहाँको गोप्य (एकान्तको) उपासनाको बारेमा सोधे। (उत्तर सुनेर) उनीहरूमध्ये एकजनाले भने: 'म विवाह नै गर्दिन।' अर्काले भने: 'म मासु खान छोडिदिन्छु।' र अर्को एकजनाले भने: 'म कहिल्यै ओछ्यानमा सुत्दिन।' (जब यो कुरा नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई थाहा भयो), उहाँले अल्लाहको प्रशंसा गर्नुभयो र भन्नुभयो: 'ती मानिसहरूलाई के भएको हो, जसले यस्तो र त्यस्तो कुरा गर्न थालेका छन्? म त राति नमाज पनि पढ्छु र सुत्छु पनि; म उपवास पनि बस्छु र कहिलेकाहीँ बस्दिन पनि; र म महिलाहरूसँग विवाह पनि गर्छु। तसर्थ, जो मेरो सुन्नत (तरिका) बाट विमुख हुन्छ, ऊ मबाट (मेरो अनुयायी) होइन।'"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

केही सहाबीहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) का श्रीमतीहरूको घरमा आए। तिनीहरूको उद्देश्य नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले घरभित्र कसरी उपासना गर्नुहुन्छ भनी जान्नु थियो। जब उनीहरूलाई उहाँको उपासनाको बारेमा बताइयो, मानौँ तिनीहरूले यसलाई कम ठाने र भने: "कहाँ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को उच्च स्थान, र कहाँ हाम्रो अवस्था ? उहाँका अघिल्ला र पछिल्ला सबै क्षमा गरिएका छन्। तर हाम्रो अवस्था त्यस्तो होइन; हामीलाई क्षमा प्राप्त हुनेछ कि हुनेछैन भन्ने कुरा निश्चित छैन। त्यसैले, हामीले अल्लाहको क्षमा प्राप्तिको आशामा अधिकाधिक उपासना र सत्कर्ममा प्रयासरत रहनुपर्छ।" त्यसपछि, तिनीहरूमध्ये एकले भन्यो, "म विवाह नै गर्दिन। अर्कोले भन्यो, "म त अब मासु खानै छोडिदिन्छु।" कसैले भन्यो, "म त ओछ्यानमा सुत्ने नै छैन।" जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यो कुरा थाहा भयो, उहाँले आफ्नो असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले मानिसहरूलाई सम्बोधन गर्नुभयो र अल्लाहको प्रशंसा गर्दै भन्नुभयो: "मानिसहरूलाई के भएको छ, जसले यस्ता कुराहरू गरिरहेका छन्?! अल्लाहको कसम! म तिमीहरू सबैभन्दा बढी अल्लाहको भय राख्ने र सबैभन्दा निष्ठावान् धर्मी व्यक्ति हुँ; तर यसका बाबजुद म राति सुत्दछु पनि, ताकि पूर्ण उर्जाका साथ तहज्जुद (रात्रि नमाज) को नमाज पढ्न सकूँ। म भोजन पनि गर्दछु ताकि व्रत बस्न बल मिलोस्, र म महिलाहरूसँग विवाह पनि गर्दछु। तसर्थ, जसले मेरो सत्मार्ग (सुन्नत) बाट विमुख हुन्छ वा अर्को मार्गलाई उत्तम ठानी त्यसको अनुशरण गर्दछ, ऊ मबाट (मेरो अनुयायी) होइन।"

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality