अकीदा
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
Available in 65 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह भन्नुहुन्छ: जसले मेरो वली (मुमिन भक्त) सँग शत्रुता राख्छ, म उसको विरुद्ध युद्धको घोषणा गर्दछु । मेरो दासले मेरो निकटता प्राप्त गर्ने कर्महरू मध्ये मलाई सबैभन्दा बढी मन पर्ने फर्जहरु हुन् । मेरो भक्तले नफिलद्वारा मेरो नजिक हुने प्रयास गरिरहन्छ, यहाँसम्म म उसलाई माया गर्न थाल्छु । जब म उसलाई माया गर्छु म उसको कान बन्छु, जसबाट उसले सुन्दछ । म उसको आँखा बन्छु, जसबाट उसले देख्दछ । म उसको हात बन्छु, जसले ऊ समात्छ र म उसको खुट्टा बन्छु, जसले ऊ हिँड्छ । यदि उसले मसँग माग्यो भने म उसलाई दिन्छु र उसले शरण माग्यो भने म उसलाई शरण दिन्छु । म आफ्नो मुमिनको ज्यान लिनमा जति संकोच गर्छु, त्यति संकोच मैले गर्ने कुनै अरु कुरामा गर्दिनँ । किनभने उसलाई मृत्यु मन पर्दैन र मलाई उसलाई दुःख दिन मन पर्दैन ।"»Meaning translation ·
Saved at original quality








