Hadith for the World
Tap the image to view it full size
कुर्आन र उलूमे कुर्आन

उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :

Available in 70 languages
«उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान् हो ?" उनले भने: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले (दोस्रो पटक) सोध्नुभयो: "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) सगँ अल्लाहको पुस्तकको सबैभन्दा महान् आयातको बारेमा सोध्नु भयो र उनी जवाफ दिन हिचकिचाए तर पछि उनले जवाफ दिए : महान् श्लोक आयतुल-कुर्सी; {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कैयूम} हो। नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले उनको जवाफ लाई स्वीकृत गर्नुभयो र उनको छाती ज्ञान र विवेकले भरिएको छ भनेर संकेत गर्न उनको छाती आफ्नो हातले थपथप्याउनु भयो । यो ज्ञान उनको लागि खुशीको स्रोत बनोस् र ज्ञान प्राप्ती सहज होस् भन्ने कामना पनि उहाँले गर्नुभयो ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality