Hadith for the World
Tap the image to view it full size
अकीदा

अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें कि उहाँले भन्नुभयो :

Available in 53 languages
«अब्बास बिन अब्दुल मुत्तलिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें कि उहाँले भन्नुभयो : "जसले अल्लाहलाई पालनकर्ता र उपास्य, इस्लामलाई आफ्नो धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सन्देशवाहक (रसूल) को रूपमा पूर्ण हृदयले स्वीकार गरी प्रसन्न भयो, उसले इमान (आस्था) को स्वाद पायो।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) बकाउनु भएको छ किआफ्नो विश्वास (ईमान) मा सच्चा र हृदयदेखि नै सन्तुष्ट रहने मुमिन (आस्थावान् व्यक्ति) ले आफ्नो हृदयमा एक प्रकारको प्रशन्नता, विशालता, हर्ष, मिठास र अल्लाहको सामीप्यताको आनन्द महसुस गर्नेछ र प्राप्त गर्नेछ, यदि ऊ यी तीन कुराहरूमा सन्तुष्ट छ भने: पहिलो: अल्लाहलाई आफ्नो पालनकर्ता (रब) को रूपमा स्वीकार गर्नु र उहाँप्रति प्रसन्न हुनु। यसको अर्थ यो हो कि अल्लाहले आफ्नो प्रभुत्व (रबूबियत) अनुसार जीविकोपार्जन (रिज्क) र परिस्थितिहरूको जुन बाँडफाँड गर्नुभएको छ, त्यसलाई हृदयदेखि नै प्रसन्नतापूर्वक स्वीकार गर्नु। उहाँको कुनै पनि निर्णयप्रति हृदयमा कुनै असन्तुष्टि वा आपत्ति नराख्नु र अल्लाह बाहेक अरू कसैलाई आफ्नो प्रभु नमान्नु। दोस्रो: इस्लामलाई आफ्नो धर्मको रूपमा स्वीकार गर्नु र यसप्रति प्रसन्न हुनु। यसको अर्थ इस्लामले तोकेका कर्तव्य, दायित्व र जिम्मेवारीहरूलाई खुसीसाथ स्वीकार गर्नु हो। जीवनका हरेक पक्षमा इस्लामले देखाएको मार्ग बाहेक अन्य कुनै बाटोमा नलाग्नु। तेस्रो: मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई रसूल (दूत) को रूपमा स्वीकार गर्नु र उहाँप्रति प्रसन्न हुनु। यसको अर्थ उहाँले ल्याइएका सम्पूर्ण शिक्षाहरूलाई कुनै पनि शङ्का वा संकोच बिना अन्तरहृदयदेखि स्वीकार गर्नु र त्यसमा प्रसन्न हुनु हो। साथै, उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत र मार्गदर्शनको पूर्ण रूपमा अनुसरण गर्नु हो।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality