Hadith for the World
Tap the image to view it full size
अकीदा

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 65 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ , र भन्नुहुन्छ: 'कसले मलाई पुकार्छ ताकि म उसको पुकार सुनेर जवाफ दिउँ? कसले मसँग माग्छ ताकि म उसलाई दिन सकूँ? कसले म सँग माफी माग्छ ताकि म उसलाई माफ गरूँ?'"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, अल्लाह प्रत्येक रात, जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा झर्नुहुन्छ र आफ्ना सेवकहरूलाई प्रार्थना गर्न प्रोत्साहित गर्नुहुन्छ, किनकि उहाँले प्रार्थना गर्नेहरूको प्रार्थना स्विकार गर्नुहुन्छ । उहाँले तिनीहरूलाई माग्‍न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले माग्नेहरूको इच्छालाई पुरा गर्नुहुन्छ । उहाँले आफ्ना विश्वासी सेवकहरूलाई क्षमा माग्न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले क्षमा दिनुहुन्छ ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality