Hadith for the World
Tap the image to view it full size
अकीदा

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो:

Available in 51 languages
«जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो: जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, रसूल अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस् र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो)। "कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट रूपमा बताउँछन्, जसले अज़ानको समाप्ति पछि यो शब्द उच्चारण गर्छ: "(اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ) हे अल्लाह! यो आह्वानका पालनकर्ता ! (التَّامَّةِ) यो पूर्ण र सम्पूर्ण आह्वान, जसले तौहीद (एकेश्वरवाद) र नबीीको सन्देशलाई प्रकट गर्छ। साथै, यो स्थायी नमाज (وَالصَّلاَةِ القَائِمَةِ) जसको स्थापना गरिनेछ। (مُحَمَّدًا الوَسِيلَةَ) तपाईं मुहम्मदलाई वसीला प्रदान गर्नुहोस्, जुन स्थान केवल उहाँलाई मात्र शोभा दिन्छ। उहाँलाई (وَالفَضِيلَةَ) फजीलत प्रदान गर्नुहोस्। उहाँलाई त्यो (مَقَامًا مَحْمُودًا) महिमित स्थान प्रदान गर्नुहोस्, जुन दिन कियामतमा सबैले प्रशंसा गर्नेछन्। यो स्थान तपाईंले उहाँलाई आफ्नो वचनअनुसार प्रदान गर्नु हुनेछ: {आशा छ, तपाईंको पालनकर्ताले उहाँलाई प्रशंसित स्थानमा पठाउनुहुनेछ}।" जसले यो दुआ पढ्छ, कियामतको दिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सिफारिस पाउन निश्चित हुन्छ।

Source
बुखारीले वर्णन गरेका छन्
Download image

Saved at original quality