Hadith for the World
सलाह (नमाज)

अजान र इकामत

6 hadiths

6 hadiths

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।"मुत्तफकुन अलैहि
साअ्द बिन वक्कास (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले मुअज्जिन (अजान दिने व्यक्ति) को अजान सुनेपछि भन्छ, "अश्हदु अल्ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुहु, रजीतु बिल्लाहि रब्बा व बि मुहम्मदिन् रसूला व बिल्-इस्लामि दीना", उसका पापहरू क्षमा हुनेछन्।"मुस्लिमले वर्णन गरेका छन्
عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم : «إِذَا نُودِيَ بالصَّلاَةِ، أدْبَرَ الشَّيْطَانُ، وَلَهُ ضُرَاطٌ حَتَّى لاَ يَسْمَعَ التَّأذِينَ، فَإذَا قُضِيَ النِّدَاءُ أقْبَلَ، حَتَّى إِذَا ثُوِّبَ للصَّلاةِ أدْبَرَ، حَتَّى إِذَا قُضِيَ التَّثْوِيبُ أقْبَلَ، حَتَّى يَخْطِرَ بَيْنَ المَرْءِ وَنَفْسِهِ، يَقُولُ: اذْكُرْ كَذَا واذكر كَذَا - لِمَا لَمْ يَذْكُر مِنْ قَبْلُ - حَتَّى يَظَلَّ الرَّجُلُ مَا يَدْرِي كَمْ صَلَّى».متفق عليه
عَنْ مُعَاوِيَةَ رَضيَ اللهُ عنهُ قَالَ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ: «الْمُؤَذِّنُونَ أَطْوَلُ النَّاسِ أَعْنَاقًا يَوْمَ الْقِيَامَةِ».رواه مسلم
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो: जसले अज़ान सुनेपछि भन्छ: اللَّهُمَّ رَبَّ هَذِهِ الدَّعْوَةِ التَّامَّةِ، وَالصَّلاَةِ القَائِمَةِ، آتِ مُحَمَّدًا الوَسِيلَةَ وَالفَضِيلَةَ، وَابْعَثْهُ مَقَامًا مَحْمُودًا الَّذِي وَعَدْتَهُ (हे अल्लाह! यस सम्पूर्ण आह्वान र स्थिर प्रार्थनाका मालिक, रसूल अलैहि व सल्लम) लाई वसीला (जन्नतमा सबै भन्दा ऊँच्च स्थान) र श्रेष्ठतम दर्जा प्रदान गर्नुहोस् र उहाँलाई त्यो प्रशंसनीय स्थान दिनुहोस् जुन तपाईंले उहाँलाई वाचा गर्नुभएको हो)। "कयामतको दिन उसको लागि मेरो सिफारिश अनिवार्य हुनेछ।"बुखारीले वर्णन गरेका छन्
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुने, उहाँले भन्नुभयो : "जब तपाइँले मुअज्जिनले अजान दिइरहेको सुन्नुहुन्छ, उसले भने जस्तै शब्दहरू भन्नुहोस् । त्यसपछि ममाथि दरूद पठाउनुहोस् । किनकि जसले ममाथि एक पटक दरूद पठाउँछ, अल्लाहले ऊमाथि १० पटक दरूद पठाउनु हुन्छ । त्यसपछि मेरो लागि वसीलह माग्नुहोस् । वास्तवमा, वसीला स्वर्गमा एक स्थान हो, जुन अल्लाहका सेवकहरूमध्ये एकले मात्र पाउनेछ र मलाई आशा छ त्यो सेवक म हुनेछु । त्यसैले, जसले मेरो लागि वसीला माग्छ, उसको लागि मेरो शफाअत (सिफारिस) अनिवार्य हुनेछ ।"मुस्लिमले वर्णन गरेका छन्