Hadith for the World
सलाह (नमाज)

सलाहको अनिवार्यता र यसलाई छोड्ने व्यक्तिको हुकुम

5 hadiths

5 hadiths

अम्र बिन शुऐबले आफ्नो बुबाद्वारा आफ्नो हजुरबुवाबाट नकल गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।"अबू दाऊदले वर्णन गरेका छन्
बुरैदह बिन हुसैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने : अस्रको नमाज चाँडै पढ्नुहोस् । किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: " जसले असरको नमाज छोड्छ, उसको कर्म व्यर्थ हुन्छ ।"बुखारीले वर्णन गरेका छन्
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"मुत्तफकुन अलैहि
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो : {र मेरो सम्झनाका लागि नमाज स्थापना गर} [ताहा: १४] ।"मुत्तफकुन अलैहि
जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "वास्तवमा, एक व्यक्ति र शिर्क तथा कुफ्र बीचको रेखा सलाह (नमाज) छोड्नु हो ।"मुस्लिमले वर्णन गरेका छन्