Hadith for the World
इबादत (उपासना) को न्यायशास्त्र

सलाह (नमाज)

126 hadiths

126 hadiths

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।"मुत्तफकुन अलैहि
अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "नमाज पढ्दा सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सिधा गर्नु नमाजको पूर्णताको एक भाग हो ।"मुत्तफकुन अलैहि
عن عبد الله بن زيد بن عاصم المازني رضي الله عنه قال: (شُكِيَ إلى النبيِّ صلى الله عليه وسلم الرَّجلُ يُخَيَّلُ إِليه أنَّه يَجِد الشَّيء في الصَّلاة، فقال: لا ينصرف حتَّى يَسمعَ صَوتًا، أو يَجِد رِيحًا).متفق عليه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के तिमीहरूमध्ये जसले (सज्दा वा रुकूअ् बाट उठ्दा) इमामभन्दा अगाडि आफ्नो टाउको उठाउँछ, उसलाई अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गरिदिनुहुन्छ वा उसको रूपलाई गधाको रूपजस्तै बनाइदिनुहुन्छ भन्ने कुराको डर छैन?"मुत्तफकुन अलैहि
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।"मुस्लिमले वर्णन गरेका छन्
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई 'तशह्हुद' सिकाउनु भयो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो । (त्यो सिक्ने क्रममा) मेरो हत्केला उहाँको दुवै हत्केलाहरूको बीचमा थियो : ‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ बुखारी र मुस्लिमको अर्को हदीसमा यसरी छ : "इन्न - ल्लाह हुवस्सालामु", त्यसैले जब तिमीहरू मध्ये कोही तशह्हुदमा बस्छ, उसले यसरी भनोस्: ‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन् । ( भक्तको यो प्रार्थानाले आकाश र पृथ्वीमा रहेका हरेक सत्कर्मीलाई लाभ हुनेछ), त्यस अगाडि यो पढ्ने: ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ त्यसपछि आफूले चाहेको दुआहरू गर्न सकिन्छ ।"मुत्तफकुन अलैहि
عن أبي موسى الأشعري رضي الله عنه قال: خَسَفَت الشمس على زمان رسول الله صلى الله عليه وسلم . فقام فَزِعًا، ويخشى أن تكون الساعة، حتى أتى المسجد، فقام، فصلى بأطول قيام وسجود، ما رأيته يفعله في صلاته قطُّ، ثم قال: إن هذه الآيات التي يُرْسِلُهَا الله عز وجل : لا تكون لموت أحد ولا لحياته، ولكن الله يُرْسِلُهَا يُخَوِّفُ بها عباده، فإذا رأيتم منها شيئا فَافْزَعُوا إلى ذكر الله و دُعَائِهِ وَاسْتِغْفَارِهِ.متفق عليه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) (अन्तिम तशह्हुदपछि र सलाम फेर्नु अघि) दुआ गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो : "अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिल्-कब्र, व मिन् अजाबिन्नार, व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् फित्-नतिल् मसीहिद्-दज्जाल् ।’ मुस्लिमको हदीसमा छ : "अन्तिम तशह्हुदपछि अल्लाहसँग चार चीजहरूबाट शरण माग : 'मिन् अजाबि जहन्नम व मिन् अजाबिल्-कब्र व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् शर्रिल-मसीहिद्-दज्जाल् ।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, तब सुरह फातिहा पढ्न शुरु गर्नुअघि केही बेर मौन रहनुहुन्थ्यो। मैले भने: हे अल्लाहका रसूल! तपाईंको लागि मेरा बुबा र आमा पनि अर्पण हुन्! तपाईं तकबीर र (सुरह फातिहा) बीच मौन रहँदा के पढ्नुहुन्छ? उहाँले भन्नुभयो: "म यो भन्छु: "अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खता-याय, कमा युनक्क स्सौबुल्-अब्यजु मिनद् दनस्, अल्लाहुम्-मग्सिल्नी मिन् खता-याय बिष्षल्जि वल्-माइ वल्-बरद् ।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "इमामले शुक्रबारको दिन खुत्बा (उपदेश) दिइरहेको बेला यदि तिमीले आफ्नो साथीलाई चुप लाग्न भन्यौ भने तिमीले पनि गलत (व्यर्थ) काम गरेको हुन्छौ।"मुत्तफकुन अलैहि
عن جَابِرِ بْنِ عَبْدِ اللَّهِ رَضِيَ اللَّهُ عَنْهُمَا، قَالَ: كَانَ رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ يُعَلِّمُنَا الِاسْتِخَارَةَ فِي الْأُمُورِ كَمَا يُعَلِّمُنَا السُّورَةَ مِنَ الْقُرْآنِ، يَقُولُ: «إِذَا هَمَّ أَحَدُكُمْ بِالْأَمْرِ فَلْيَرْكَعْ رَكْعَتَيْنِ مِنْ غَيْرِ الْفَرِيضَةِ، ثُمَّ لِيَقُلِ: اللَّهُمَّ إِنِّي أَسْتَخِيرُكَ بِعِلْمِكَ وَأَسْتَقْدِرُكَ بِقُدْرَتِكَ، وَأَسْأَلُكَ مِنْ فَضْلِكَ الْعَظِيمِ، فَإِنَّكَ تَقْدِرُ وَلَا أَقْدِرُ، وَتَعْلَمُ وَلَا أَعْلَمُ، وَأَنْتَ عَلَّامُ الْغُيُوبِ، اللَّهُمَّ إِنْ كُنْتَ تَعْلَمُ أَنَّ هَذَا الْأَمْرَ خَيْرٌ لِي فِي دِينِي، وَمَعَاشِي، وَعَاقِبَةِ أَمْرِي» أَوْ قَالَ: «عَاجِلِ أَمْرِي وَآجِلِهِ، فَاقْدُرْهُ لِي وَيَسِّرْهُ لِي ثُمَّ بَارِكْ لِي فِيهِ، وَإِنْ كُنْتَ تَعْلَمُ أَنَّ هَذَا الْأَمْرَ شَرٌّ لِي فِي دِينِي وَمَعَاشِي وَعَاقِبَةِ أَمْرِي» أَوْ قَالَ: «فِي عَاجِلِ أَمْرِي وَآجِلِهِ، فَاصْرِفْهُ عَنِّي وَاصْرِفْنِي عَنْهُ، وَاقْدُرْ لِي الْخَيْرَ حَيْثُ كَانَ، ثُمَّ أَرْضِنِي» قَالَ: «وَيُسَمِّي حَاجَتَه».رواه البخاري
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु। अल्लाहको धिक्कार ती समुदायहरूमाथि होस्, जसले आफ्ना नबीहरूको चिहानलाई मस्जिद (पूजा गर्ने ठाउँ) बनाए" ।अहमदले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "वास्तवमा, मुनाफिक (पाखंडी) हरूका लागि सबैभन्दा कठिन नमाज ईशा र फजरका नमाज हुन् । यदि तिनीहरूले यी नमाजहरूको महत्व थाहा पाएको भए घस्रेर भए पनि (मस्जिद) आउने थिए । मैले (एक पटक) संकल्प गरेको थिएँ कि एक जना लाई अजान दिन र अर्को एकजनालाई नमाज पढाउन आदेश दिउँ र आफैं दाउरा बोकेका केही केटाहरू साथमा लिएर नमाजका लागि (मस्जिद) नआएका मानिसहरूको घरमा आगो लगाउन हुकुम दिउँ।”मुत्तफकुन अलैहि
عن أبي هريرة رضي الله عنه مرفوعًا: «صلاة الرجل في جماعة تَضعُفُ على صلاته في بيته وفِي سُوقِه خمسا وعشرين ضِعفًا، وذلك: أَنَّه إِذَا تَوَضَّأ، فَأَحسَن الوُضُوء، ثمَّ خرج إلى المسجد لاَ يُخرِجُهُ إلاَّ الصلاة؛ لَم يَخْطُ خُطوَةً إِلاَّ رُفِعَت له بِها درجة، وَحُطَّ عَنهُ بها خطيئة، فإذا صلَّى لم تزل الملائكة تُصَلِّي عليه، ما دام في مُصَلاَّه: اللهُمَّ صَلِّ عليه، اللهم اغفِر له، اللهم ارْحَمه، ولا يزال في صلاة ما انتظر الصلاة».متفق عليه
عن عائشةَ أمِّ المؤْمنِين رضي الله عنها قالت: لَمْ يَكُنِ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَلَى شَيْءٍ مِنَ النَّوَافِلِ أَشَدَّ مِنْهُ تَعَاهُدًا عَلَى رَكْعَتَيِ الفَجْرِ.متفق عليه
मुआज बिन जबल (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनको हात समातेर भन्नुभयो: "हे मुआद! अल्लाहको कसम, म तिमीलाई माया गर्छु।" उहाँले अगाडि भन्नुभयो: "हे मुआद! म तिमीलाई हरेक नमाजपछि यो दुआ पढ्न नछोड्न सल्लाह दिन्छु: "अल्लाहुम्म अइन्नी अला जिक्रिक व शुक्रिक व हुस्नि इबादतिक।" हे अल्लाह, मलाई तपाईंको जिक्र (स्तुति) गर्न, तपाईंको कृतज्ञता व्यक्त गर्न र उत्तम तरिकाले तपाईंको उपासना गर्न मद्दत गर्नुहोस्।رواه أبو داود والنسائي وأحمد
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्थ्यो : "दैनिक पाँच नमाज, र एक शुक्रवारदेखि अर्को शुक्रबार (सम्मको प्रार्थना) र एक रमजानदेखि अर्को रमजान (सम्मको उपवास) ले ती दिनहरु बीच भएका पापहरू लाई मेटाई दिन्छ, यस शर्त साथ कि व्यक्तिले ठूला पापहरूबाट आफूलाई जोगाइ रहोस् ।"मुस्लिमले वर्णन गरेका छन्
मादान बिन अबू तल्हा यामुरीले बयान गरेका छन्, मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) द्वारा मुक्त गरिएका दास थौबान (रजियल्लाहु अन्हु) लाई भेटें र भनें: "मलाई यस्तो कुनै कार्य बताइदिनुहोस्, जुन गर्नाले अल्लाहले मलाई स्वर्गमा प्रवेश गराउनुहुनेछ," अथवा मैले सोधें: "अल्लाहलाई सबैभन्दा प्रिय कार्य कुन हो?" उहाँ मौन रहनुभयो। मैले फेरि सोधें, उहाँ फेरि मौन रहनुभयो। तेस्रो पटक सोध्दा उहाँले भन्नुभयो: "मैले पनि यो कुरा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधेको थिएँ, उहाँले भन्नुभयो:'अल्लाहको निम्ति धेरैभन्दा धेरै सज्दा गर्ने गर; किनकि जब तिमीले अल्लाहका लागि एउटा सज्दा गर्छौ, अल्लाहले त्यसबापत तिम्रो एक दर्जा उच्च बनाउनुहुन्छ र तिम्रो एउटा पाप मेटाइदिनुहुन्छ।'" मअदान भन्छन्: "त्यसपछि म अबु दरदा (रजियल्लाहु अन्हु) सँग भेटें र उहाँलाई पनि यही प्रश्न सोधें। उहाँले मलाई ठ्याक्कै थौबानले जस्तै उत्तर दिनुभयो।"मुस्लिमले वर्णन गरेका छन्
عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم : «إذا قَام أحَدُكُم من الليل، فَاسْتَعْجَمَ القرآن على لِسَانه، فلم يَدْرِ ما يقول، فَلْيَضْطَجِع».رواه مسلم
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।"मुत्तफकुन अलैहि
وعن سالم بن عبد الله بن عمر بن الخطاب رضي الله عنهم عن أبيه: أن رسول الله صلى الله عليه وسلم قال: « نِعْمَ الرَّجُلُ عبد الله، لو كان يُصلِّي من الليل» قال سالم: فكان عبد الله بعد ذلك لا يَنامُ من الليل إلا قليلًا.متفق عليه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "समुहका साथ पढिएको नमाज (को पुण्य र श्रेष्ठता) बजार वा घरमा पढिएको नमाज भन्दा बीस दर्जा बढी हुन्छ । तिमीहरूमध्ये जब कसैले वुजू गर्छ अनि राम्रो तरिकाले वुजू गर्छ अनि नमाज पढ्ने मनसायले मस्जिद जान्छ भने मस्जिद नपुगेसम्म उसले चालेको हरेक पाइलाको बदलामा उसले एक पुण्य पाउँछ र उसको एउटा पाप क्षमा हुन्छ । मस्जिदमा प्रवेश गरिसकेपछि नमाजको लागि पर्खन्छ र जबसम्म नमाज पढ्ने समयलाई पर्खि बस्छ, ऊ उपासनाको अवस्थामा मानिन्छ। त्यसैगरी, यदि कुनै व्यक्ति नमाज पढेर आफ्नो स्थानमा बसिरहन्छ, जबसम्म उसले कसैलाई दुःख दिँदैन वा उसको वुजु भङ्ग हुँदैन, तबसम्म फरिश्ता (स्वर्गदूत) हरूले उसको लागि अल्लाहसँग यस्तो प्रार्थना गरिरहन्छन्: “हे अल्लाह! उमाथि दया गर्नुहोस्। हे अल्लाह! उसलाई माफ गरिदिनुहोस्। हे अल्लाह! उसको पश्चात्ताप स्वीकार गर्नुहोस्।”मुत्तफकुन अलैहि
عن أبي ذر رضي الله عنه قال: قال النبي صلى الله عليه وسلم :«عُرِضَتْ عَلَيَّ أعمالُ أُمتي، حَسَنُهَا وسَيِّئُهَا فَوَجَدتُ في مَحَاسِنِ أَعْمَالِهَا الأَذَى يُمَاطُ عَنِ الطَّرِيقِ، ووَجَدتُ في مَسَاوِئِ أَعْمَالِهَا النُّخَاعَةُ تَكُونُ في المَسْجِدِ لا تُدْفَنُ».رواه مسلم
عن عائشة رضي الله عنها قالت: كان رسولُ اللهِ صلى الله عليه وسلم إذا فَاتَتْهُ الصَّلَاةُ مِنَ الليلِ مِن وَجَعٍ أَوْ غَيْرِهِ، صَلَّى من النَّهَارِ ثِنْتَيْ عَشْرَةَ رَكْعَةً.رواه مسلم