Hadith for the World
फिकह र उसूले फिकह

इबादत (उपासना) को न्यायशास्त्र

231 hadiths

231 hadiths

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (हदीस वर्णनकर्ता अनुसार अब्दुल्लाह बिन अब्बासले उनको नाम भनेका थिए, तर वर्णन गर्नेले नै बिर्से) लाई सोध्नुभयो, : "तिमीलाई हामीसँग हज गर्नबाट के कुराले रोकेको छ?" उनले जवाफ दिइन्: “हामीसँग दुईवटा ऊँट मात्र थिए। तीमध्ये एउटामा मेरो श्रीमान् र छोरा सवार भएर हज गर्न गएका थिए, र अर्को ऊँटलाई सिँचाइका कामका निम्ति हाम्रो लागि छोडेर गएका थिए।” यो सुनेर रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “जब रमजान आउँछ, तिमीले उम्राह गर। किनभने रमजानमा गरिएको उम्राह हजको बराबर हुन्छ।”मुत्तफकुन अलैहि
عن فَضَالَةُ بنُ عُبَيْدٍ وسلمان الفارسي وعقبة بن عامر الجهني رضي الله عنهم مرفوعاً: «كُلُّ مَيِّتٍ يُخْتَمُ على عَمَلِهِ إلا الُمرَابِطَ في سبيل الله، فإنه يَنْمِي لَهُ عَمَلَهُ يوم القيامة، ويُؤَمَّنُ فتنة القبر».رواه أبو داود والترمذي وأحمد من حديث فضالة -رضي الله عنه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।मुत्तफकुन अलैहि
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छन् कि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सगँ सोधिन्, "हे अल्लाहका रसूल ! हामी जिहादलाई सर्वश्रेष्ठ कार्य मान्दछौँ, के हामीले जिहाद गरौँ त ?" उहाँले उत्तर दिनुभयो, "होइन, बरु (तिमीहरूका लागि) सर्वश्रेष्ठ जिहाद ‘हज मबरुर’ (स्वीकृत हज) हो।"बुखारीले वर्णन गरेका छन्
عَنِ ابْنِ عُمَرَ رَضيَ اللهُ عنهما قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «إِذَا جَمَعَ اللهُ الْأَوَّلِينَ وَالْآخِرِينَ يَوْمَ الْقِيَامَةِ يُرْفَعُ لِكُلِّ غَادِرٍ لِوَاءٌ، فَقِيلَ: هَذِهِ غَدْرَةُ فُلَانِ بْنِ فُلَانٍ».متفق عليه
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, कुनै एक युद्धमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक महिला मारिएको अवस्थामा भेटिइन्। यो देखेपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाहरू र बालबालिकालाई मार्न कडाइका साथ निषेध गर्नुभयो।मुत्तफकुन अलैहि
عن عبد الله بن أبي أوفى رضي الله عنه أَنَّ رسول الله صلى الله عليه وسلم فِي بَعْض أَيَّامه التي لَقِي فيها العدو انتظر، حتى إذا مَالَتِ الشمس قام فِيهم، فقال: «أَيُّها الناس، لا تَتَمَنَّوْا لِقَاء الْعَدُوِّ، وَاسْأَلوا الله الْعافية فَإِذا لَقِيتموهم فَاصْبِرُوا، وَاعلموا أَنَّ الْجَنَّة تحت ظِلال السُّيوف ثُمَّ قَال النَّبِي صلى الله عليه وسلم: اللهمَّ مُنزِلَ الْكتاب، وَمُجْرِيَ السَّحاب، وَهازم الأَحْزاب: اهْزِمهم، وَانصُرنا علَيهم».متفق عليه
عَنْ سَهْلِ بْنِ سَعْدٍ السَّاعِدِيِّ رَضِيَ اللَّهُ عَنْهُ أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «رِبَاطُ يَوْمٍ فِي سَبِيلِ اللَّهِ خَيْرٌ مِنَ الدُّنْيَا وَمَا عَلَيْهَا، وَمَوْضِعُ سَوْطِ أَحَدِكُمْ مِنَ الجَنَّةِ خَيْرٌ مِنَ الدُّنْيَا وَمَا عَلَيْهَا، وَالرَّوْحَةُ يَرُوحُهَا العَبْدُ فِي سَبِيلِ اللَّهِ أَوِ الغَدْوَةُ خَيْرٌ مِنَ الدُّنْيَا وَمَا عَلَيْهَا».متفق عليه
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग (विभिन्न मनोवृत्ति साथ युद्धमा भाग लिनेबारे सोधियो): "कोही बहादुरी देखाउन लड्छ, कोही जातिवाद (हठ वा पक्षपात) का लागि लड्छ, अनि कोही देखावटी वा प्रशंसा पाउन लड्छ। यीमध्ये कुन अल्लाहको मार्गमा (गरिएको) युद्ध हो?" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो:"जसले अल्लाहको वचन (तौहीद) सर्वोच्च होस् भन्ने लक्ष्य लिएर लड्छ, ऊ नै मात्र अल्लाहको मार्गमा लडिरहेको हुन्छ।"मुत्तफकुन अलैहि
عن أبي هريرة رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللَّهِ صلى الله عليه وسلم : «ما من مَكْلُومٍ يُكْلَمُ في سبيل الله، إلا جاء يومَ القيامة، وكَلْمُهُ يَدْمَى: اللَّونُ لَوْنُ الدَّمِ، والرِّيحُ رِيحُ المِسْكِ».متفق عليه
عن عَبْد اللهِ بن أبي أوفى رضي الله عنهما قال: «غَزَوْنَا مَعَ رَسُولِ الله صلى الله عليه وسلم سَبْعَ غَزَوَاتٍ، نَأْكُلُ الْجَرَادَ».متفق عليه
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।"मुत्तफकुन अलैहि
मुगीरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग एक यात्रामा थिएँ, म उहाँको मोजा फुकाल्नको लागि झुकेँ। उहाँले भन्नुभयो : " मोजालाई नफुकाल्नु; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ ।" त्यसपछि उहाँले मोजामाथि 'मसह' गर्नुभयो ।मुत्तफकुन अलैहि
عن عبد الله بن عمر رضي الله عنهما «أنَّ رسُول الله -صلَّى الله عليه وسلَّم- دَخَل مكَّة مِن كَدَاٍء، مِن الثَنِيَّة العُليَا التِّي بالبَطحَاءِ، وخرج من الثَنِيَّة السُفلَى».متفق عليه
عَنْ عُمَرَ رَضِيَ اللَّهُ عَنْهُ: أَنَّهُ جَاءَ إِلَى الحَجَرِ الأَسْوَدِ فَقَبَّلَهُ، فَقَالَ: إِنِّي أَعْلَمُ أَنَّكَ حَجَرٌ، لاَ تَضُرُّ وَلاَ تَنْفَعُ، وَلَوْلاَ أَنِّي رَأَيْتُ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يُقَبِّلُكَ مَا قَبَّلْتُكَ.متفق عليه
अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "नमाज पढ्दा सफ (पङ्क्ति) हरू सीधा गर्नुहोस्; किनकि सफ (पङ्क्ति) हरू सिधा गर्नु नमाजको पूर्णताको एक भाग हो ।"मुत्तफकुन अलैहि
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गर्नुहुन्छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब राति निद्राबाट ब्युँझनुहुन्थ्यो, तब मिस्वाक (दतवन) ले आफ्नो मुख सफा गर्नुहुन्थ्यो।मुत्तफकुन अलैहि
عن عبد الله بن زيد بن عاصم المازني رضي الله عنه قال: (شُكِيَ إلى النبيِّ صلى الله عليه وسلم الرَّجلُ يُخَيَّلُ إِليه أنَّه يَجِد الشَّيء في الصَّلاة، فقال: لا ينصرف حتَّى يَسمعَ صَوتًا، أو يَجِد رِيحًا).متفق عليه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के तिमीहरूमध्ये जसले (सज्दा वा रुकूअ् बाट उठ्दा) इमामभन्दा अगाडि आफ्नो टाउको उठाउँछ, उसलाई अल्लाहले उसको टाउकोलाई गधाको टाउकोमा परिणत गरिदिनुहुन्छ वा उसको रूपलाई गधाको रूपजस्तै बनाइदिनुहुन्छ भन्ने कुराको डर छैन?"मुत्तफकुन अलैहि
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "खानाको उपस्थितिमा वा कुनै व्यक्तिलाई दिसापिसाब लागेको छ भने नमाज पढ्नु हुँदैन ।"मुस्लिमले वर्णन गरेका छन्
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई 'तशह्हुद' सिकाउनु भयो जसरी उहाँले मलाई कुरानको सुरह सिकाउनुहुन्थ्यो । (त्यो सिक्ने क्रममा) मेरो हत्केला उहाँको दुवै हत्केलाहरूको बीचमा थियो : ‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन्, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ बुखारी र मुस्लिमको अर्को हदीसमा यसरी छ : "इन्न - ल्लाह हुवस्सालामु", त्यसैले जब तिमीहरू मध्ये कोही तशह्हुदमा बस्छ, उसले यसरी भनोस्: ‘अत्तहिय्यातु लिल्लाहि वस्सलवातु वत्तैयिबातु, अस्सलामु अलैक अय्युहन्नबिय्यु वरह्-मतुल्लाहि व बरकातुहु, अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहीन् । ( भक्तको यो प्रार्थानाले आकाश र पृथ्वीमा रहेका हरेक सत्कर्मीलाई लाभ हुनेछ), त्यस अगाडि यो पढ्ने: ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह् ।’ त्यसपछि आफूले चाहेको दुआहरू गर्न सकिन्छ ।"मुत्तफकुन अलैहि
عن أبي موسى الأشعري رضي الله عنه قال: خَسَفَت الشمس على زمان رسول الله صلى الله عليه وسلم . فقام فَزِعًا، ويخشى أن تكون الساعة، حتى أتى المسجد، فقام، فصلى بأطول قيام وسجود، ما رأيته يفعله في صلاته قطُّ، ثم قال: إن هذه الآيات التي يُرْسِلُهَا الله عز وجل : لا تكون لموت أحد ولا لحياته، ولكن الله يُرْسِلُهَا يُخَوِّفُ بها عباده، فإذا رأيتم منها شيئا فَافْزَعُوا إلى ذكر الله و دُعَائِهِ وَاسْتِغْفَارِهِ.متفق عليه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) (अन्तिम तशह्हुदपछि र सलाम फेर्नु अघि) दुआ गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो : "अल्लाहुम्म इन्नी अऊजु बिक मिन् अजाबिल्-कब्र, व मिन् अजाबिन्नार, व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् फित्-नतिल् मसीहिद्-दज्जाल् ।’ मुस्लिमको हदीसमा छ : "अन्तिम तशह्हुदपछि अल्लाहसँग चार चीजहरूबाट शरण माग : 'मिन् अजाबि जहन्नम व मिन् अजाबिल्-कब्र व मिन् फित्-नतिल्-मह्-या वल्-ममात्, व मिन् शर्रिल-मसीहिद्-दज्जाल् ।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाज आरम्भ गर्न तकबीर भन्नुहुन्थ्यो, तब सुरह फातिहा पढ्न शुरु गर्नुअघि केही बेर मौन रहनुहुन्थ्यो। मैले भने: हे अल्लाहका रसूल! तपाईंको लागि मेरा बुबा र आमा पनि अर्पण हुन्! तपाईं तकबीर र (सुरह फातिहा) बीच मौन रहँदा के पढ्नुहुन्छ? उहाँले भन्नुभयो: "म यो भन्छु: "अल्लाहुम्म बाइद् बैनी व बैन खता-याय, कमा बाअत्त बैनल्-मश्रिकि वल्मग्रिब्, अल्लाहुम्म नक्किनी मिन् खता-याय, कमा युनक्क स्सौबुल्-अब्यजु मिनद् दनस्, अल्लाहुम्-मग्सिल्नी मिन् खता-याय बिष्षल्जि वल्-माइ वल्-बरद् ।"मुत्तफकुन अलैहि