Hadith for the World
इबादत (उपासना) को न्यायशास्त्र

सौम (रोजा)

40 hadiths

40 hadiths

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाह भन्नुहुन्छ: आदमको सन्तानको हरेक कर्म उसको लागि हो, (रोजा) उपवास बाहेक, किनकि यो केवल मेरो लागि हो र म यसको प्रतिफल दिनेछु । उपवास ढाल हो । जब तिमीहरू मध्ये कोही उपवासमा हुन्छ, उसले अश्लील कुरा नगरोस् वा हल्ला नगरोस्। यदि कसैले उसलाई गाली गर्छ वा बहस गर्छ भने, उसले भनोस्, "म उपवासमा छु।" अल्लाहको कसम, जसको हातमा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को प्राण छ, रोजा राख्ने व्यक्तिको मुखको गन्ध अल्लाहको दृष्टिमा कस्तुरीको सुगन्धभन्दा पनि पवित्र हुन्छ। रोजा राख्ने व्यक्तिको लागि दुई खुशीका अवसरहरू छन् जसमा ऊ खुशी हुन्छ: जब उसले आफ्नो रोजा तोड्छ, ऊ खुशी हुन्छ र जब उसले आफ्नो प्रभुलाई भेट्नेछ आफ्नो रोजाको कारण खुशी हुन्छ ।‎मुत्तफकुन अलैहि
عَنْ ‌سَهْلٍ رَضِيَ اللهُ عَنْهُ عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «إِنَّ فِي الْجَنَّةِ بَابًا يُقَالُ لَهُ الرَّيَّانُ، يَدْخُلُ مِنْهُ الصَّائِمُونَ يَوْمَ الْقِيَامَةِ، لَا يَدْخُلُ مِنْهُ أَحَدٌ غَيْرُهُمْ، يُقَالُ: أَيْنَ الصَّائِمُونَ، فَيَقُومُونَ لَا يَدْخُلُ مِنْهُ أَحَدٌ غَيْرُهُمْ، فَإِذَا دَخَلُوا أُغْلِقَ، فَلَمْ يَدْخُلْ مِنْهُ أَحَدٌ».متفق عليه
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे।मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले पुण्य प्राप्त गर्ने उद्देश्यले ईमान र आस्थापूर्वक रमजानको रोजा राख्छ, उसका अघिल्ला पापहरू क्षमा गरिनेछ।"मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।"मुत्तफकुन अलैहि
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जो अल्लाहको बाटोमा एक दिनको लागि रोजा बस्छ, अल्लाहले उसको अनुहारलाई नर्कको आगोबाट सत्तरी वर्षको दुरी बराबर टाढा गरिदिनुहुनेछ।"मुत्तफकुन अलैहि
सह्ल बिन साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जबसम्म मानिसहरूले समयमै (चाँडै) इफ्तार गर्छन्, तबसम्म उनीहरू कल्याण र भलाइमा रहिरहनेछन्।"मुत्तफकुन अलैहि
जैद बिन साबित (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: "हामीले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग सेहरी खाना खायौं, त्यसपछि नमाज पढ्न गयौं। अनसले भने: मैले उहाँलाई सोधें: अजान र सेहरी नमाजको बीचमा कति समय थियो? उहाँले जवाफ दिनुभयो: पचास आयतहरू पढ्ने बराबर समय।"मुत्तफकुन अलैहि
सम्पूर्ण मुमिनहरूको आमा; नबी (सल्लल्लाहु अलैहि वसल्लम) की पत्नी आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्: “नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो मृत्युसम्म रमजानको अन्तिम दस दिनमा ‘इअ्तिकाफ’ (एकान्त उपासना) बस्ने गर्नुहुन्थ्यो; र उहाँको वफातपश्चात् उहाँका पवित्र पत्नीहरू (अजवाज-ए-मुताहरात) ले पनि इअ्तिकाफ बस्नुभयो।”मुत्तफकुन अलैहि
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको : “तिमीहरूले सेहरी खाने गर, किनभने सेहरीमा बर्कत (आशिष एवं कल्याण) हुन्छ।”मुत्तफकुन अलैहि
عَنْ جَابِرِ بْنِ عَبْدِ اللَّهِ رَضِيَ اللَّهُ عَنْهُما قَالَ: كَانَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فِي سَفَرٍ، فَرَأَى زِحَامًا وَرَجُلًا قَدْ ظُلِّلَ عَلَيْهِ، فَقَالَ: «مَا هَذَا؟»، فَقَالُوا: صَائِمٌ، فَقَالَ: «لَيْسَ مِنَ البِرِّ الصَّوْمُ فِي السَّفَرِ»، وَفِي لَفْظٍ لِمُسلِمٍ: «عَلَيْكُمْ بِرُخْصَةِ اللهِ الَّذِي رَخَّصَ لَكُمْ».متفق عليه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये कसैले पनि रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि देखि व्रत बस्न सुरु नगर। तर, यदि कुनै व्यक्तिले नियमित रूपमा व्रत बस्ने गरेको छ भने, उसले त्यो दिन व्रत बस्न सक्छ।"मुत्तफकुन अलैहि
عن عائشة وأم سلمة رضي الله عنهما «أن رسول الله صلى الله عليه وسلم كان يُدْرِكُهُ الفجر وهو جُنٌبٌ من أهله، ثم يغتسل ويصوم ».متفق عليه
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले व्रत (रोजा) बसेको अवस्थामा बिर्सिएर केही खायो वा पियो भने, उसले आफ्नो व्रत पूरा गरोस्; किनकि उसलाई अल्लाहले नै ख्वाउनु र पिलाउनु भएको हो।"मुत्तफकुन अलैहि
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: मेरा परममित्र (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई तीन चिजका बारेमा अर्ती दिनु भयो: हरेक महिनामा तीन दिन रोजा राख्ने, चाश्तको समयमा दुइ रक्अत नमाज र सुत्नु भन्दा पहिला वित्र पढ्ने ।मुत्तफकुन अलैहि
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "रमजान महिनाको अन्तिम दस दिनका बिजोर रातहरूमा 'लैलातुल कद्र' लाई भेट्टाउन प्रयास गर।"मुत्तफकुन अलैहि
عن عمر بن الخطاب رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم : «إذا أقبل الليل من هَهُنا، وأَدْبَرَالنهار من ههنا، فقد أفطر الصائم».متفق عليه
इब्न उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्: उनले भने : मैले अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "जब तिमीहरूले (रमजानको) चन्द्रमा देख्छौ, तब रोजा राख र जब तिमीहरू (शव्वालको) चन्द्रमा देख्छौ, तब रोजा बस्न छोडिदेऊ । यदि आकाशमा बादल लागेको छ भने अनुमान गर (अर्थात् महिनाको तीस दिन पूरा गर)।"मुत्तफकुन अलैहि
सम्पूर्ण मुमिनहरूको आमा आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, "जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।"मुत्तफकुन अलैहि
عن أبي هريرة رضي الله عنه مرفوعًا: «تُعْرَضُ الأعمالُ يومَ الاثنين والخميس، فَأُحِبُّ أَنْ يُعْرَضَ عَملي وأنا صائم». وفي رواية: «تُفْتَحُ أبوابُ الجَنَّةِ يومَ الاثنين والخميس، فَيُغْفَرُ لكلِّ عبد لا يُشْرِكُ بالله شيئا، إِلا رجلا كان بينه وبين أخيه شَحْنَاءُ، فَيُقَالُ: أَنظِروا هذيْن حتى يَصْطَلِحَا، أنظروا هذين حتى يصطلحا». وفي رواية: «تُعْرَضُ الأَعْمَالُ في كلِّ اثْنَيْنِ وَخَميسٍ، فَيَغْفِرُ اللهُ لِكُلِّ امْرِئٍ لا يُشْرِكُ بالله شيئاً، إِلاَّ امْرَءاً كانت بينه وبين أخِيهِ شَحْنَاءُ، فيقول: اتْرُكُوا هذَيْنِ حتى يَصْطَلِحَا».حديث أبي هريرة الأول رواه الترمذي. والحديثان الآخران هما حديث واحد، رواه مسلم، وكرر لفظة: "أنظروا هذين حتى يصطلحا" ثلاثاً
عن عمرو بن العاص رضي الله عنه أن رسول الله صلى الله عليه وسلم قال: «فَصْلُ مَا بَيْنَ صِيَامِنَا وصِيَامِ أهْلِ الكِتَابِ، أكْلَةُ السَّحَرِ».رواه مسلم
इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् : "रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण मानिसहरूमध्ये सर्वाधिक परोपकारी हुनुहुन्थ्यो। विशेषगरी रमजानको महिनामा, जब जिब्रील (अलैहिस्सलाम) उहाँसँग भेट गर्नुहुन्थ्यो, उहाँको उदारता अझ बढ्दथ्यो। जिब्रील (अलैहिस्सलाम) रमजानको प्रत्येक रात उहाँकहाँ आउनुहुन्थ्यो र उहाँलाई कुर्आन पढाउहुन्थ्यो । वास्तवमा, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भलाइ र दानपुण्यका कार्यमा, तीव्र वेगले बहने हावाभन्दा पनि अधिक उदार र परोपकारी हुनुहुन्थ्यो।"मुत्तफकुन अलैहि
عن أنس بن مالك رضي الله عنه قال: كان رسولُ اللهِ صلى الله عليه وسلم يُفطِر قبْل أن يصلي على رُطَبات، فإن لم تكنْ رُطَباتٌ فَتُمَيْراتٌ، فإن لم تكنْ تُمَيْراتٌ، حَسَا حَسَواتٍ مِن ماء.رواه أبو داود والترمذي وأحمد
عن عائشة رضي الله عنها قالت: لم يكن النبي صلى الله عليه وسلم يصوم مِنْ شهر أكثر من شعبان، فإنّه كان يصوم شعبان كله. وفي رواية: كان يصوم شعبان إلا قليلا.متفق عليه