Hadith for the World
सौम (रोजा)

रमजानको अन्तिम दश दिन

4 hadiths

4 hadiths

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमजानको अन्तिम दश दिनमा इबादतमा कडा परिश्रम गर्नुहुन्थ्यो, तर अन्य दिनहरूमा त्यति धेरै गर्दैनथे।मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले ‘लैलतुल-कद्र’ (सम्मानित रात) मा विश्वास र पुण्यको आशा राख्दै कियाम (उपासना) गर्दछ, उसका अघिल्ला सबै पापहरू क्षमा हुनेछन्।"मुत्तफकुन अलैहि
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "रमजान महिनाको अन्तिम दस दिनका बिजोर रातहरूमा 'लैलातुल कद्र' लाई भेट्टाउन प्रयास गर।"मुत्तफकुन अलैहि
सम्पूर्ण मुमिनहरूको आमा आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, "जब रमजानको अन्तिम १० दिन सुरु हुन्थ्यो, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातभरि जागा बसेर उपासना गर्नुहुन्थ्यो, आफ्ना परिवारका सदस्यहरूलाई पनि ब्युँझाउनुहुन्थ्यो र कम्मर कसेर पूर्ण लगनशीलताका साथ उपासना गर्नुहुन्थ्यो।"मुत्तफकुन अलैहि