Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि

Available in 60 languages
«अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (हदीस वर्णनकर्ता अनुसार अब्दुल्लाह बिन अब्बासले उनको नाम भनेका थिए, तर वर्णन गर्नेले नै बिर्से) लाई सोध्नुभयो, : "तिमीलाई हामीसँग हज गर्नबाट के कुराले रोकेको छ?" उनले जवाफ दिइन्: “हामीसँग दुईवटा ऊँट मात्र थिए। तीमध्ये एउटामा मेरो श्रीमान् र छोरा सवार भएर हज गर्न गएका थिए, र अर्को ऊँटलाई सिँचाइका कामका निम्ति हाम्रो लागि छोडेर गएका थिए।” यो सुनेर रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “जब रमजान आउँछ, तिमीले उम्राह गर। किनभने रमजानमा गरिएको उम्राह हजको बराबर हुन्छ।”»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) हज्ज्तुल-वदाअ (अन्तिम हज) बाट फर्कनुभयो, उहाँले आफूसँग हज नगर्ने एक अन्सारी महिलालाई भन्नुभयो:तिमीलाई हामीसँग हज गर्नबाट के कुराले रोकेको थियो? उनले स्पष्टीकरण दिँदै उत्तर दिइन्: हामीसँग दुईवटा ऊँट मात्र थिए। तीमध्ये एउटामा मेरा श्रीमान् र छोरा सवार भएर हज गर्न गएका थिए, र अर्को ऊँटलाई घरमा कुवाबाट पानी पानी लिने कामका लागि छोडिएको थियो। यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई रमजानमा उमराह गर्न सल्लाह दिनुभयो; किनभने रमजानमा उमरह गर्नु हज बराबर हुन्छ ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality