Hadith for the World
हज्ज र उमरह

हज र उमराहको सद्गुण

5 hadiths

5 hadiths

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक अन्सारी महिला (हदीस वर्णनकर्ता अनुसार अब्दुल्लाह बिन अब्बासले उनको नाम भनेका थिए, तर वर्णन गर्नेले नै बिर्से) लाई सोध्नुभयो, : "तिमीलाई हामीसँग हज गर्नबाट के कुराले रोकेको छ?" उनले जवाफ दिइन्: “हामीसँग दुईवटा ऊँट मात्र थिए। तीमध्ये एउटामा मेरो श्रीमान् र छोरा सवार भएर हज गर्न गएका थिए, र अर्को ऊँटलाई सिँचाइका कामका निम्ति हाम्रो लागि छोडेर गएका थिए।” यो सुनेर रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “जब रमजान आउँछ, तिमीले उम्राह गर। किनभने रमजानमा गरिएको उम्राह हजको बराबर हुन्छ।”मुत्तफकुन अलैहि
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।मुत्तफकुन अलैहि
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छन् कि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सगँ सोधिन्, "हे अल्लाहका रसूल ! हामी जिहादलाई सर्वश्रेष्ठ कार्य मान्दछौँ, के हामीले जिहाद गरौँ त ?" उहाँले उत्तर दिनुभयो, "होइन, बरु (तिमीहरूका लागि) सर्वश्रेष्ठ जिहाद ‘हज मबरुर’ (स्वीकृत हज) हो।"बुखारीले वर्णन गरेका छन्
عن عائشة رضي الله عنها مرفوعاً: «ما مِن يومٍ أكثر مِن أنْ يُعْتِقَ اللهُ فيه عبدًا مِن النارِ، مِن يومِ عرفة، وإنَّه ليدنو، ثم يُباهي بهم الملائكةَ، فيقول: ما أراد هؤلاء؟».رواه مسلم
عن أبي هريرة رضي الله عنه: أن رسول الله صلى الله عليه وسلم قال: «العمرة إلى العمرة كفارةٌ لما بينهما، والحج المبرور ليس له جزاءٌ إلا الجنة».متفق عليه