Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

सुहैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 60 languages
«सुहैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) को मामिला कति अचम्मको छ। उसको सम्पूर्ण मामिलामा उसको लागि भलाइ छ र त्यो मुमिन बाहेक अरू कसैको लागि छैन। यदि उसलाई सुख प्राप्त हुन्छ भने ऊ (अल्लाहप्रति) कृतज्ञ हुन्छ, र त्यसमा पनि उसको हित हुन्छ। र यदि उसलाई दुःख-कष्ट आइपर्छ भने ऊ धैर्य धारण गर्छ र यसरी त्यसमा पनि उसका लागि भलाइ नै हुन्छ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोमिन (आस्थावान्) को अवस्थाप्रति प्रशंसा गर्दै आश्चर्य व्यक्त गर्नुभयो, किनभने उसका सबै अवस्थाहरू कल्याणकारी हुन्छन्, र यो विशेषता मोमिनबाहेक अरू कसैलाई प्राप्त हुँदैन; यदि उसलाई सुख प्राप्त भयो भने उसले अल्लाहप्रति कृतज्ञता प्रकट गर्दछ, फलस्वरूप कृतज्ञताद्वारा उसलाई पुण्य प्राप्त हुन्छ। र यदि उसलाई दुःख आइपर्छ भने उसले धैर्य गर्छ र अल्लाहसँग प्रतिफलको आशा राख्छ, फलस्वरूप धैर्यद्वारा पनि उसलाई प्रतिफल प्राप्त हुन्छ। यसरी ऊ हरेक अवस्थामा पुरस्कृत हुन्छ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality