Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबू- क़तादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 54 languages
«अबू- क़तादह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "राम्रो सपना अल्लाहको तर्फबाट हो र नराम्रो सपना शैतानको तर्फबाट हो। त्यसैले जब तिमीहरूमध्ये कसैले नराम्रो सपना देख्छ, उसले आफ्नो बायाँ तर्फ तीन पटक थुक्नु पर्छ र शैतानको दुष्टताबाट अल्लाहको शरण लिनु पर्छ। यदि उसले त्यसो गर्छ भने, सपनाले उसलाई कुनै पनि हानि गर्दैन।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : सुःखद र राम्रो सपना अल्लाहबाट हुन्छ, जबकि अप्रिय र दुखद सपना शैतानबाट हुन्छ। जसले नराम्रो सपना देख्छ उसले बायाँतिर फर्केर हल्का थुथु गर्नुपर्छ र त्यसको खराबीबाट जोगिन अल्लाहसँग शरण माग्नुपर्छ। किनभने यसरी गर्नाले अल्लाहले त्यस सपनाबाट हुन सक्ने नराम्रो परिणामहरूबाट सुरक्षित राख्नुहुन्छ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality