सद्गुण र आचरण
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
Available in 61 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एउटा गाउँले व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आएर भन्यो: "मलाई स्वर्गमा प्रवेश गर्ने केही कर्महरू बताउनुहोस्।" उहाँले भन्नुभयो: "अल्लाहको उपासना गर्नु र उहाँसँग कसैलाई साझेदार नमान्नु, फर्ज (अनिवार्य) नमाजहरू पढ्नु, जकात दिनु र रमजानको रोजा राख्नु।" उनले भने: "अल्लाहको कसम, जसको हातमा मेरो ज्यान छ, मैले यसमा केही कुरा थप्ने छैन।" जब ऊ फर्कन थाल्यो, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले कुनै जन्नती (स्वर्गवासी) लाई हेर्न चाहन्छ, उसले यो व्यक्तिलाई देखोस्।"»Meaning translation ·
Saved at original quality








