Hadith for the World
Tap the image to view it full size
अकीदा

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 59 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "उदय भएका दिनहरूमध्ये सबैभन्दा श्रेष्ठ दिन जुमाको दिन हो। यही दिन आदम (अलैहिस्सलाम) को सृष्टि गरियो, यही दिन उहाँलाई स्वर्गमा प्रवेश गराइयो, यही दिन उहाँलाई स्वर्गबाट निकालियो र कयामत पनि जुमाको दिनमा नै आउनेछ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सूर्य उदाउने सबै दिनहरूमध्ये शुक्रबारको दिन सबैभन्दा उत्तम तथा श्रेष्ठ दिन भएको कुरा बताउनुभएको छ। यस दिनका केही विशेषताहरूमध्ये यो हो कि अल्लाहले आदम (अलैहिस्सलाम) लाई त्यही दिन सृष्टि गर्नुभयो, त्यही दिन उनलाई स्वर्गमा प्रवेश गराउनुभयो, त्यही दिन उनलाई त्यहाँबाट निकालेर पृथ्वीतर्फ पठाउनुभयो र प्रलय पनि शुक्रवार बाहेक अन्य दिनमा आउने छैन।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality