Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :

Available in 71 languages
«अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जो अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले राम्रो बोलोस् वा मौन बसोस्, जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले आफ्नो छिमेकीको सम्मान गरोस् र जसले अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, उसले आफ्नो अतिथिको सम्मान गरोस् ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, जो सेवक अल्लाह र अन्तिम दिनमा विश्वास गर्दछ, जहाँ ऊ फर्कनेछ र जहाँ उसलाई आफ्नो कर्मको लागि पुरस्कृत गरिनेछ, उसको विश्वासले निम्न कुराहरू गर्न प्रेरित गर्दछ : १- राम्रो कुरा गर्नु : जस्तै सुब्हानल्लाह, अल्हमदु लिल्लाह र ला इलाहा इल्लाल्लाह जस्ता अज्कार पढ्नु, राम्रो कुराको आदेश दिनु, नराम्रो कुराबाट रोक्नु र मानिसहरू बीच मेलमिलाप स्थापना गर्नु । यदि त्यसो गर्न सक्दैन भने चुपचाप बस्नु, आफ्नो वचनले कसैलाई चोट नपुर्याउनु र आफ्नो बोलीवचनको रक्षा गर्नु । २- छिमेकीलाई सम्मान गर्नु : अर्थात् उसको साथ राम्रो व्यवहार गर्नु र उसलाई दुःख नदिनु । ३- भेट्न आउने पाहुनालाई स्वागत गर्नु : अर्थात् उहाँसँग राम्रोसँग कुरा गर्नु र खानपिन गराउनु, सत्कार गर्नु आदि ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality