Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

Available in 61 languages
«अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार’ अर्थात हे अल्लाह ! हामीलाई दुनियाँ र आखिरत (लोक-परलोक) दुबै ठाउँमा भलाइ प्रदान गर्नुहोस् र नर्कको आगोबाट बचाउनुहोस् ।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः व्यापक र संक्षिप्त दुआ (प्रार्थना) हरू गर्नुहुन्थ्यो, जस्तै: "अल्लाहुम्म रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार ।" यस प्रार्थनामा यस संसारका कल्याणहरू जस्तै सुख, शान्ति, समृद्धि, प्रशस्त र पवित्र जीविका, एक धर्मपरायण पत्नी, मनलाई शीतलता प्रदान गर्ने सन्तान, सुखमय जीवन, उपयोगी ज्ञान तथा पुण्य कर्महरू र यस्तै अन्य प्रिय र वैधानिक कुराहरू समावेश छन्। त्यसैगरी, यसमा परलोकका कल्याणहरू जस्तै चिहानको यातनाबाट सुरक्षा, हिसाबकिताबको दिनको कठिनाइबाट मुक्ति, नरकको सजायबाट सुरक्षा, अल्लाहको सन्तुष्टि, स्वर्गको अनन्त सुख र परम दयालु अल्लाहको निकटता प्राप्त गर्ने जस्ता कुराहरू पनि समावेश छन्।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality