Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

खौलह बिन्ते हकीम अस्- सुलमिया (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :

Available in 66 languages
«खौलह बिन्ते हकीम अस्- सुलमिया (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जो कोही कुनै ठाउँमा ओर्लन्छ र यो दुआ पढ्छ: 'अऊजु बिकलिमातिल्लाहि-त्ताम्माति मिन् शर्रि मा खलक् ।’ (म अल्लाहको पूर्ण वचनहरूद्वारा सृष्टिको प्रत्येक हानीनोक्सानी बाट शरण चाहन्छु ।) त्यो ठाउँमा बसुन्जेल उसलाई कुनै पनि कुराले हानि गर्न सक्दैन ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मत (अनुयायीहरु) लाई संसारको कुनै पनि ठाउँमा यात्रा गर्दा, भ्रमण गर्दा वा पिकनिक/बनभोज इत्यादिको लागि जाँदा लाभकारी शरण खोज्नको लागि मार्गदर्शन गर्नुभएको छ, ताकि ऊ दुष्ट प्राणी र डर लाग्ने हरेक खराबीबाट सुरक्षित रहन सकोस् । उहाँले भन्नुभयो, जब कोही कुनै ठाउँमा ओर्लन्छ र हरेक दुष्ट प्राणीहरूको खराबीबाट अल्लाहका वचनहरूद्वारा शरण लिन्छ, जुन पुण्य, आशीर्वाद र लाभको दृष्टिकोणले पूर्ण छन् र हरेक किसिमका दोष र कमिबाट मुक्त छन्, तब ऊ त्यहाँ बसुन्जेल हरेक पीडादायी चीजहरू र दुष्ट प्राणीहरूबाट सुरक्षित रहन्छ ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality