सद्गुण र आचरण
अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
Available in 60 languages
«अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी एक वर्षाले भिजेको, अत्यन्त अँध्यारो रातमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई खोज्न निस्कियौँ ताकि उहाँले हामीलाई नमाज पढाइदिउन्। अब्दुल्लाह बिन खुबैबले भन्नुहुन्छ: मैले उहाँलाई भेटेँ। उहाँले भन्नुभयो: "भन," तर मैले केही भनिनँ। फेरि उहाँले भन्नुभयो: "भन," तर मैले फेरि पनि केही बोलिनँ। तेस्रो पटक उहाँले भन्नुभयो: "भन।" तब मैले सोधें: "म के भनूँ?" उहाँले भन्नुभयो: "तिमीले बिहान र बेलुका तीन-तीन पटक"{कुल हुवल्लाहु अहद} (सूरह इख्लास) र दुई मुअव्विजात (सूरह फलक र सूरह नास) पढ्नु। यी ले तिमीलाई हरेक कुराबाट जोगाउनेछन्।"»Meaning translation ·
Saved at original quality








