Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

काअ्ब बिन उज्रा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 60 languages
«काअ्ब बिन उज्रा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनिवार्य नमाजपछि अज्कार (प्रार्थना) पढ्नेहरू कहिल्यै हानी, असफलता वा पछुतोमा पर्ने छैनन् र तिनीहरुले पुण्य पाउनेछन् भनेर स्पष्ट पार्नुभएको छ, ती हुन्: "सुब्हानल्लाह" ३३ चोटि, अर्थात् अल्लाह सबै कमी र अवगुणबाट पवित्र हुनुहुन्छ । "अल-हम्दु लिल्लाह " ३३ चोटि, अर्थात् अल्लाहको सम्पूर्ण पूर्णता, उहाँप्रतिको प्रेम र महिमासहित उहाँको प्रशंसा गर्नु हो। "अल्लाहु अकबर" ३४ चोटि, अर्थात अल्लाह सबै भन्दा महान र शक्तिशाली हुनुहुन्छ ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality