Hadith for the World
दुआ र जिक्र (स्तुति) को न्यायशास्त्र

अल्लाहको जिक्र (स्तुति) गर्ने लाभहरू

8 hadiths

8 hadiths

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, "जब कुनै व्यक्ति आफ्नो घरमा प्रवेश गर्दा र खाना खान सुरु गर्दा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: "यहाँ तिमीहरूका लागि न त बास बस्ने ठाउँ छ, न त खानाको व्यवस्था।" तर यदि त्यो व्यक्तिले घर प्रवेश गर्दा अल्लाहको नाम लिँदैन भने, शैतानले आफ्ना साथीहरूलाई भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ भेट्टायौ।" र यदि खाना खाँदा पनि अल्लाहको नाम लिँदैन भने, शैतानले भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ र खाना दुवै भेट्टायौ।"मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : अल्लाहको सन्देष्टा रसूल अलैहि व सल्लम) ले भन्नुभयो: अल्लाह तआलाले भन्नुहुन्छ: "मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ। यदि उसले मलाई आफ्नो मनमा सम्झिन्छ भने, म पनि उसलाई आफ्नो मनमा सम्झिन्छु। यदि उसले मलाई कुनै समूहमा सम्झिन्छ भने, म उसलाई त्यो समूहभन्दा राम्रो समूहमा सम्झिन्छु। यदि ऊ मेरो नजिक एक शिब्र (एक बित्ता) आउँछ भने, म उसको नजिक एक जिराअ (एक हात) जान्छु। यदि ऊ मेरो नजिक एक हात आउँछ भने, म उसको नजिक एक बाअ (दुई हात) जान्छु। ऊ मतिर हिंड्दै आउँछ, म उसकोतिर दौडँदै आउँछु।"मुत्तफकुन अलैहि
عَنْ سَعْدِ بنِ أبي وَقَّاصٍ رَضيَ اللهُ عنه قَالَ: كُنَّا عِنْدَ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، فَقَالَ: «أَيَعْجِزُ أَحَدُكُمْ أَنْ يَكْسِبَ، كُلَّ يَوْمٍ أَلْفَ حَسَنَةٍ؟» فَسَأَلَهُ سَائِلٌ مِنْ جُلَسَائِهِ: كَيْفَ يَكْسِبُ أَحَدُنَا أَلْفَ حَسَنَةٍ؟ قَالَ: «يُسَبِّحُ مِائَةَ تَسْبِيحَةٍ، فَيُكْتَبُ لَهُ أَلْفُ حَسَنَةٍ، أَوْ يُحَطُّ عَنْهُ أَلْفُ خَطِيئَةٍ».رواه مسلم
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो व्यक्ति आफ्नो पालनकर्ताको स्मरण गर्छ र जो स्मरण गर्दैन, तिनीहरूको उदाहरण जीवित र मृत व्यक्ति जस्तै हो।" मुस्लिममा छ : "जुन घरमा अल्लाहलाई सम्झिन्छ र जुन घरमा अल्लाहलाई सम्झिँदैन त्यसको उदाहरण जीवित र मृतक जस्तै हो।"मुत्तफकुन अलैहि
काअ्ब बिन उज्रा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "प्रत्येक अनिवार्य नमाज पछि जसले पनि यी मु'अक्किबात (नमाजपछि पढिने जिक्रहरू) पढ्छ, ऊ कहिल्यै असफल हुनेछैन—ती हुन्: ३३ पटक ‘सुभानल्लाह, ३३ पटक ‘अल्हम्दुलिल्लाह र ३४ पटक ‘अल्लाहु अकबर’"।मुस्लिमले वर्णन गरेका छन्
عن زيد مولى رسول الله صلى الله عليه وسلم قال: قال رسول الله صلى الله عليه وسلم : «من قال: أَسْتَغْفِرُ الله الذي لا إله إلا هو الحَيَّ القيَّومَ وأتوب إليه، غُفرت ذنوبه، وإن كان قد فَرَّ من الزَّحْف».رواه أبو داود والترمذي
अबू मलिक अल-अश्अरी (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ । सलाह (नमाज) नूर (ज्योति) हो, सदकह (दान) प्रमाण हो, धैर्य गर्नु (आस्थाको) किरण हो । कुरान तपाईको पक्ष वा विपक्षमा प्रमाण हो । प्रत्येक मानिसले हरेक दिन परिश्रम गर्छ, कि त उसले आफूलाई नर्कबाट बचाउछ, कि त नष्ट पार्दछ ।"मुस्लिमले वर्णन गरेका छन्
عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ: «سَبْعَةٌ يُظِلُّهُمُ اللَّهُ تَعَالَى فِي ظِلِّهِ يَوْمَ لاَ ظِلَّ إِلَّا ظِلُّهُ: إِمَامٌ عَدْلٌ، وَشَابٌّ نَشَأَ فِي عِبَادَةِ اللَّهِ، وَرَجُلٌ قَلْبُهُ مُعَلَّقٌ فِي المَسَاجِدِ، وَرَجُلاَنِ تَحَابَّا فِي اللَّهِ، اجْتَمَعَا عَلَيْهِ وَتَفَرَّقَا عَلَيْهِ، وَرَجُلٌ دَعَتْهُ امْرَأَةٌ ذَاتُ مَنْصِبٍ وَجَمَالٍ فَقَالَ: إِنِّي أَخَافُ اللَّهَ، وَرَجُلٌ تَصَدَّقَ بِصَدَقَةٍ فَأَخْفَاهَا حَتَّى لاَ تَعْلَمَ شِمَالُهُ مَا تُنْفِقُ يَمِينُهُ، وَرَجُلٌ ذَكَرَ اللَّهَ خَالِيًا، فَفَاضَتْ عَيْنَاهُ».متفق عليه