Hadith for the World
दुआ र जिक्र (स्तुति) को न्यायशास्त्र

नबी (सल्लल्लाहु अलैहि वसल्लम) को जिक्र (स्तुति) गर्ने तरिका

5 hadiths

5 hadiths

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, "जब कुनै व्यक्ति आफ्नो घरमा प्रवेश गर्दा र खाना खान सुरु गर्दा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: "यहाँ तिमीहरूका लागि न त बास बस्ने ठाउँ छ, न त खानाको व्यवस्था।" तर यदि त्यो व्यक्तिले घर प्रवेश गर्दा अल्लाहको नाम लिँदैन भने, शैतानले आफ्ना साथीहरूलाई भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ भेट्टायौ।" र यदि खाना खाँदा पनि अल्लाहको नाम लिँदैन भने, शैतानले भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ र खाना दुवै भेट्टायौ।"मुस्लिमले वर्णन गरेका छन्
عَنِ ابْنِ عَبَّاسٍ رَضيَ اللهُ عنهما أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ يَقُولُ: «اللهُمَّ لَكَ أَسْلَمْتُ، وَبِكَ آمَنْتُ، وَعَلَيْكَ تَوَكَّلْتُ، وَإِلَيْكَ أَنَبْتُ، وَبِكَ خَاصَمْتُ، اللهُمَّ إِنِّي أَعُوذُ بِعِزَّتِكَ، لَا إِلَهَ إِلَّا أَنْتَ أَنْ تُضِلَّنِي، أَنْتَ الْحَيُّ الَّذِي لَا يَمُوتُ، وَالْجِنُّ وَالْإِنْسُ يَمُوتُونَ».متفق عليه، وهذا لفظ مسلم ورواه البخاري مختصرًا
عن أبي هريرة رضي الله عنه قال: سمعت رسول الله صلى الله عليه وسلم يقول: «وَاللهِ إني لأَسْتَغْفِرُ اللهَ وأَتُوبُ إليهِ في اليومِ أَكْثَرَ من سَبْعِينَ مَرَّةً».رواه البخاري
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का एक सहाबी अगर्र (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ: "हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।"मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दा गर्दा यो दुआ पढ्नुहुन्थ्यो: "अल्लाहुम्मग्फिर ली जन्बी कुल्लहु, दिक्कहु व जिल्लहु, व अव्वलहु व आखिरहु, व अलानियतहु व सिर्रहु।" अर्थात् "हे अल्लाह! मेरा साना र ठूला, विगतका र वर्तमानका, खुला र गुप्त सबै पापहरू क्षमा गर्नुहोस्।"मुस्लिमले वर्णन गरेका छन्