Hadith for the World
दुआ र जिक्र (स्तुति) को न्यायशास्त्र

मस्जिदमा प्रवेश गर्ने र बाहिर निस्कने दुआ

2 hadiths

2 hadiths

अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्नुहुन्थ्यो: ‘अऊजु बिल्लाहिल्-अजीम्, व बिवज्हिहिल्-करीम्, व सुल्तानिहिल्-कदीम्, मिनश्-शैतानिर्रजीम्’ (अर्थ: "म महान अल्लाह, उहाँको सम्मानित अनुहार र उहाँको शाश्वत सत्ताको माध्यमबाट धिक्कारिएको शैतान विरुद्ध शरण चाहन्छु।")। उहाँले सोध्नुभयो: "के यति नै हो?" मैले भनेँ: "हो।" उहाँले भन्नुभयो: "जब कोही (मस्जिदमा प्रवेश गर्दा) यो दुआ पढ्छ, शैतानले भन्छ: ‘यो व्यक्ति आज पूरा दिन मबाट सुरक्षित भयो’।"अबू दाऊदले वर्णन गरेका छन्
अबू हुमैद वा अबू ओसैदले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।मुस्लिमले वर्णन गरेका छन्