Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें,

Available in 61 languages
«जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, "जब कुनै व्यक्ति आफ्नो घरमा प्रवेश गर्दा र खाना खान सुरु गर्दा अल्लाहको नाम लिन्छ, तब शैतानले आफ्ना साथीहरूलाई भन्छ: "यहाँ तिमीहरूका लागि न त बास बस्ने ठाउँ छ, न त खानाको व्यवस्था।" तर यदि त्यो व्यक्तिले घर प्रवेश गर्दा अल्लाहको नाम लिँदैन भने, शैतानले आफ्ना साथीहरूलाई भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ भेट्टायौ।" र यदि खाना खाँदा पनि अल्लाहको नाम लिँदैन भने, शैतानले भन्छ: "तिमीहरूले बास बस्ने ठाउँ र खाना दुवै भेट्टायौ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरमा प्रवेश गर्दा र खाना खानु अघि अल्लाहको नाम लिन आदेश दिनुभएको छ । जब एक व्यक्तिले घरमा प्रवेश गर्दा र खाना खानु अघि 'बिस्मिल्लाह' भन्छ, तब शैतानले आफ्ना सहयोगीहरूलाई भन्छ, यस घरमा तिमीहरूका लागि न त रात बिताउने ठाउँ छ, न त खाने व्यवस्था, किनकि घरको मालिकले अल्लाहको नाम लिएर तिमीहरूबाट आफूलाई सुरक्षित गरेको छ । यसको विपरित, जब कुनै व्यक्ति घरमा प्रवेश गर्छ र घरमा प्रवेश गर्दा र खाना खाँदा अल्लाहको नाम लिँदैन, तब शैतानले आफ्ना सहयोगीहरूलाई त्यो घरमा रात बिताउने ठाउँ र खाना खाने प्रबन्ध दुबै भेट्टाएको भनेर बताउँछ ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality