Hadith for the World
Tap the image to view it full size
अकीदा

नबी (सल्लल्लाहु अलैहि वसल्लम) का पवित्र श्रीमतीहरु बाट उधृत गरिएको छ, उहाँले भन्नुभयो:

Available in 66 languages
«नबी (सल्लल्लाहु अलैहि वसल्लम) का पवित्र श्रीमतीहरु बाट उधृत गरिएको छ, उहाँले भन्नुभयो: "जो कोही ज्योतिषी कहाँ जान्छ र उसलाई कुनै कुराको बारेमा सोध्छ भने, चालीस दिनसम्म उसको सलाह (नमाज) कबुल (अल्लाह सामु स्वीकार्य) हुँदैन ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ज्योतिषीकहाँ जाने लाई चेतावनी दिँदै हुनुहुन्छ । हदीसमा ‘अर्राफ’ शब्द प्रयोग गरिएको छ जसको अर्थ तारा, शैतान इत्यादिको सहयोगबाट अदृश्यको बारेमा जान्ने दाबी गर्नेहरु हुन्, जस्तै ज्योतिषीहरू, झाँक्री हरु, बालुवामा रेखाहरू कोरेर वा हात देखेर भविष्यवाणी गर्नेहरू इत्यादि । त्यस्ता व्यक्तिहरूलाई अदृश्यको बारेमा केही सोध्दा, अल्लाहले चालीस दिनको नमाजको इनामबाट वञ्चित गर्नुहुन्छ । वास्तवमा यो उसको ठूलो पापको सजाय हो ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality