Hadith for the World
Tap the image to view it full size
फिकह र उसूले फिकह

उसमान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :

Available in 60 languages
«उसमान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वुजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी नमाज पढ्छ भने त्यो नमाज उसको अघिल्ला पापहरूका लागि प्रायश्चित (क्षमाको कारण) हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन, र (अल्लाहको दयाले) यो सधैँ जारी रहनेछ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: जब फर्ज नमाजको समय हुन्छ र कुनै मुस्लिमले राम्रोसँग पूर्ण रूपमा वुजू गर्छ, र नम्रताका साथ नमाज पढ्छ—अर्थात्, आफ्नो हृदय र शरीरका अङ्गहरू अल्लाहका लागि समर्पित गर्छ, उहाँको महानतालाई ध्यानमा राख्छ, र रुकु, सज्दा लगायत नमाजका सबै कार्यहरू पूर्ण रूपमा गर्छ—भने यो नमाज उसको अघिल्ला साना पापहरू का लागि प्रायश्चित बन्नेछ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality