Hadith for the World
Tap the image to view it full size
अकीदा

उस्मान बिन अबुल आस् (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,

Available in 63 languages
«उस्मान बिन अबुल आस् (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: हे अल्लाहका रसूल! शैतान मेरो नमाज र मेरो कुरानकाे तिलावत (पाठ) को बीचमा आएर मलाई भ्रमित पार्न खोज्छ । यो सुनेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " यो खिन्जब भनिने एक शैतान हो । उसले तिमीलाई विचलित गर्न खोज्छ भने तअउवुज् पढ (अल्लाहको शरण लेऊ) र आफ्नो बायाँतिर तीन पटक थुथु गर ।" उनी भन्छन्, जब मैले यसो गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

उस्मान बिन अबुल आस (रजियल्लाहु अन्हु) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर भने, हे अल्लाहका रसूल! शैतान मेरो र मेरो नमाज बीचमा बाधाको रूपमा खडा हुन्छ, मलाई एकाग्रताका साथ र ध्यानमग्न भएर नमाज पढ्न दिँदैन र मेरो तिलावत (पठन)मा शंका उत्पन्न गर्दछ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई भन्नुभयो: यो खिन्जब भनिने एक शैतान हो । जब तिमी उसको बहकाव महसुस गर्छौ, तब अल्लाहको शरण लेऊ र आफ्नो बायाँतिर तीन पटक थुक । उस्मान भन्छन्, जब मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदेशको पालना गरें, अल्लाहले मेरो समस्या हटाइदिनु भयो ।

Source
मुस्लिमले वर्णन गरेका छन्
Download image

Saved at original quality