Hadith for the World
भाग्यमाथि ईमान

कजा व कद्र (भाग्य) का श्रेणीहरू

2 hadiths

2 hadiths

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक दिन म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडी सवार थिएँ, जब उहाँले भन्नुभयो: "हे बालक ! म तिमीलाई केही कुराहरू सिकाउँदैछु । अल्लाहलाई याद राख, अल्लाहले तिम्रो रक्षा गर्नुहुनेछ । अल्लाहलाई याद राख, तिमी उहाँलाई आफ्नो सामु भेट्टाउनेछौ । जब माग्नुछ भने अल्लाहसँग मात्र माग्नु र जब मद्दत माग्नुछ भने अल्लाहसँग मात्र सहायता माग्नु । सुन, यदि सम्पूर्ण समुदायले तिमीलाई फाइदा पुर्‍याउन एकजुट भए भने, तब तिनीहरुले तिमीलाई त्यति नै फाइदा पुर्याउन सक्छन् जति अल्लाहले तिम्रो भाग्यमा लेख्नुभएको छ र यदि सबैले तिमीलाई हानि पुर्‍याउन चाहन्छन् भने पनि अल्लाहले तिम्रो भाग्यमा लेखेको भन्दा बढी हानि गर्न सक्दैनन् । भाग्यका कलमहरू उठाइए र [तकदीरको] किताब [हरूका हरफ] सुकाई सकिएका छन् ।”तिर्मीजीले वर्णन गरेका छन्
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मैले भन्दै गरेको सुनें : "अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले नै प्राणीहरूको भाग्य लेखिदिनुभएक थिए।" उहाँले भन्नुभयो: र त्यस समय वहाँको अर्श (आसन) पानी माथि थियो ।"मुस्लिमले वर्णन गरेका छन्