NE
नाम र अह्कामहरू
शिर्क (बहुदेववाद)
4 hadiths
इस्लाम
3
नवाकिजुल-इस्लाम (इस्लामबाट खारेज गर्ने कुराहरू)
1
अज्ञानताका समस्याहरू
1
ईमानमा वृद्धि र कमी
5
ईमानका शाखाहरू
3
कुफ्र (अविश्वास)
2
शिर्क (बहुदेववाद)
4
निफाक (पाखण्ड)
1
फिस्क (पाप)
1
विदअत (धर्ममा नयाँ कुराहरूको आविष्कार)
2
4 hadiths
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हे अल्लाह! मेरो कब्र (चिहान) लाई मूर्ति नबनाउनु। अल्लाहको धिक्कार ती समुदायहरूमाथि होस्, जसले आफ्ना नबीहरूको चिहानलाई मस्जिद (पूजा गर्ने ठाउँ) बनाए" ।
अहमदले वर्णन गरेका छन्
महमूद बिन लबीद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) सत्कर्म गर्नु ।” कयामतको दिनमा, जब मानिसहरूलाई उनीहरूका कर्महरूको प्रतिफल दिइनेछ, अल्लाह सर्वशक्तिमान् ले तिनीहरूलाई भन्नुहुनेछ: 'ती मानिसहरूकहाँ जाऊ जसका लागि तिमीहरूले संसारमा देखावटी कर्म गर्यौ, र हेर तिमीहरूले तिनीहरूबाट कुनै प्रतिफल पाउँछौ कि पाउँदैनौ?”
अहमदले वर्णन गरेका छन्
عن عبد الله بن عمرو بن العاص - رضي الله عنه- مرفوعاً: "مَن ردته الطِّيَرَة عن حاجته فقد أشرك، قالوا: فما كفارة ذلك؟ قال: أن تقول: اللهم لا خير إلا خيرك، ولا طَيْرَ إِلَّا طَيْرُكَ ولا إله غيرك".
رواه أحمد
बुरैदह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले अमानतको कसम खान्छ, त्यो हामीमध्ये होइन।"
अबू दाउद र अहमदले वर्णन गरेका छन्