Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अब्दुर्रहमान इब्न अबी लैला (रहिमहुल्लाह) बाट रिवायत छ कि उनीहरू हुजैफा (रज़ियल्लाहु अनहु) को संगतमा थिए। उहाँ (हुजैफा) ले पिउनका लागि पानी माग्नुभयो, तब एक जना मजूसी (अग्निपूजक) ले उहाँलाई (चाँदीको कचौरामा) पानी दियो। जब हुजैफाले गिलास आफ्नो हातमा लिनुभयो, उहाँले त्यो गिलास फ्याँकिदिनुभयो र भन्नुभयो: "यदि मैले उसलाई एक वा दुई पटकभन्दा बढी नरोकेको भए (म यस्तो गर्ने थिइनँ), तर मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनेको छु, उहाँले भन्नुहुन्छ:

Available in 60 languages
«अब्दुर्रहमान इब्न अबी लैला (रहिमहुल्लाह) बाट रिवायत छ कि उनीहरू हुजैफा (रज़ियल्लाहु अनहु) को संगतमा थिए। उहाँ (हुजैफा) ले पिउनका लागि पानी माग्नुभयो, तब एक जना मजूसी (अग्निपूजक) ले उहाँलाई (चाँदीको कचौरामा) पानी दियो। जब हुजैफाले गिलास आफ्नो हातमा लिनुभयो, उहाँले त्यो गिलास फ्याँकिदिनुभयो र भन्नुभयो: "यदि मैले उसलाई एक वा दुई पटकभन्दा बढी नरोकेको भए (म यस्तो गर्ने थिइनँ), तर मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनेको छु, उहाँले भन्नुहुन्छ: “तिमीहरु रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनु, तथा सुन र चाँदीका भाँडा र थालहरूमा खानपान नगर्नू। किनभने, यी वस्तुहरू तिनीहरू (अविश्वासीहरू) का लागि यस लोकमा हुन् र हाम्रो लागि परलोकमा हुन्।”»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुरुषहरुको लागि सबै प्रकारको रेशमको लुगा लगाउन निषेध गर्नुभएको छ । त्यसैगरी, उहाँले महिला तथा पुरुष दुवैका लागि सुन र चाँदीका भाँडामा खानपान गर्न निषेध गर्नुभएको छ। साथै नबी (सल्लल्लाहु अलैहि वसल्लम) ती सबै वस्तुहरु परलोकमा केवल मोमिनहरूका लागि विशेष गरिएको छ भनेर सूचित गर्नुभएको छ; किनभने तिनीहरूले अल्लाहको आदेशको पालना गर्दै यस संसारमा त्यसबाट टाढिएका थिए । जहाँसम्म काफिरहरूको कुरा छ, तिनीहरूका लागि परलोकमा कुनै आनन्द सुख हुने छैन, किनकि तिनीहरूले सांसारिक जीवनमा आसक्त भएर र अल्लाहको आदेशको उल्लङ्घन गरेर आफ्ना सम्पूर्ण सुख-सुविधा र आनन्द यसै संसारमा भोगिसकेका हुन्छन्।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality