Hadith for the World
शरीया शिष्टाचार

पोशाक लगाउने शिष्टाचार

8 hadiths

8 hadiths

अब्दुर्रहमान इब्न अबी लैला (रहिमहुल्लाह) बाट रिवायत छ कि उनीहरू हुजैफा (रज़ियल्लाहु अनहु) को संगतमा थिए। उहाँ (हुजैफा) ले पिउनका लागि पानी माग्नुभयो, तब एक जना मजूसी (अग्निपूजक) ले उहाँलाई (चाँदीको कचौरामा) पानी दियो। जब हुजैफाले गिलास आफ्नो हातमा लिनुभयो, उहाँले त्यो गिलास फ्याँकिदिनुभयो र भन्नुभयो: "यदि मैले उसलाई एक वा दुई पटकभन्दा बढी नरोकेको भए (म यस्तो गर्ने थिइनँ), तर मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनेको छु, उहाँले भन्नुहुन्छ: “तिमीहरु रेशम र दिबाज (बाक्लो रेशमी वस्त्र) नलगाउनु, तथा सुन र चाँदीका भाँडा र थालहरूमा खानपान नगर्नू। किनभने, यी वस्तुहरू तिनीहरू (अविश्वासीहरू) का लागि यस लोकमा हुन् र हाम्रो लागि परलोकमा हुन्।”मुत्तफकुन अलैहि
उमर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले यस संसारमा रेशमको लुगा लगायो, उसले परलोकमा रेशम लगाउन पाउने छैन।"मुत्तफकुन अलैहि
عن أبي هريرة رضي الله عنه مرفوعًا: «إِذَا لَبِسْتُم، وَإِذَا تَوَضَّأتُم، فَابْدَأُوا بَأَيَامِنُكُم».رواه أبو داود واللفظ له، والترمذي وابن ماجه وأحمد
عن علي بن أبي طالب رضي الله عنه مرفوعاً: «إذا انْتَعَل أحدكم فليبدأ باليمين، وإذا نَزَعَ فليبدأ بالشمال، ولْتَكُن اليُمنى أولَهُما تُنْعَل، وآخِرَهُما تُنْزَع».متفق عليه
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाहले (प्रलयको दिन) त्यस व्यक्तिलाई कृपाले हेर्नुहुने छैन, जसले अहङ्कार र घमण्डवश आफ्नो वस्त्र भुइँमा घिसार्दै हिँड्दछ।”मुत्तफकुन अलैहि
عن أبي هريرة رضي الله عنه مرفوعًا: «بينما رجل يمشي في حُلَّةٍ تُعْجِبُهُ نَفْسُهُ، مُرَجِّلٌ رأسه، يَخْتَالُ في مَشْيَتهِ، إذ خَسَفَ اللهُ به، فهو يَتَجَلْجَلُ في الأرض إلى يوم القيامة".متفق عليه
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन। एक पुरुषले अर्को पुरुषसँग एउटै कपडाभित्र सुत्नु हुँदैन र एक महिलाले अर्को महिलासँग एउटै कपडाभित्र सुत्नु हुँदैन।"मुस्लिमले वर्णन गरेका छन्
عَنِ ابْنِ عَبَّاسٍ رَضيَ اللهُ عنهُما قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ: «البَسُوا مِنْ ثِيَابِكُمُ البَيَاضَ، فَإِنَّهَا مِنْ خَيْرِ ثِيَابِكُمْ، وَكَفِّنُوا فِيهَا مَوْتَاكُمْ».رواه أبو داود والترمذي وابن ماجه