Hadith for the World
Tap the image to view it full size
अकीदा

जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) बाट वर्णन गरिएको छ: एकदिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यन्त डराएको अवस्थामा उहाँको कोठामा प्रवेश गर्नुभयो र भन्नुभयो:

Available in 55 languages
«जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) बाट वर्णन गरिएको छ: एकदिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यन्त डराएको अवस्थामा उहाँको कोठामा प्रवेश गर्नुभयो र भन्नुभयो: "ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य उपास्य छैन), अरबको विनाश नजिकिएको छ, आज 'याजूज र माजूज' (Gog and Magog) को पर्खालमा यस्तो प्वाल परेको छ ।"उहाँले आफ्नो बुढी औंला र चोर औंलाले (गोलाकार घेरा बनाएर) प्वालको आकारतर्फ सङ्केत गर्नुभयो। जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) भन्छिन्: मैले सोधें, "हे अल्लाहका रसूल! के हामी माझ असल र धार्मिक मानिसहरू हुँदाहुँदै पनि हामी नष्ट हुनेछौँ?" उहाँले जवाफ दिनुभयो: "हो, जब पाप र दुष्टता अत्याधिक बढ्छ (तब प्रकोप आउनेछ)।""»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि वसल्लम) एकदमै आत्तिएको अवस्थामा जैनब बिन्ते जहश (रजियल्लाहु अन्हा) कहाँ आउनुभयो र उहाँ 'ला इलाह इल्लल्लाह' भनिरहनुभएको थियो । यो वास्तवमा कुनै आइपरेको विपत्ति को सङ्केत थियो, जसबाट मुक्ति पाउन अल्लाहको शरणमा पर्नु बाहेक अर्को कुनै विकल्प थिएन। त्यसपछि उहाँले भन्नुभयो: अरबको विनाश नजिकिएको छ। आज याजूज र माजूजको पर्खालमा प्वाल परेको छ। (यो त्यही बाँध हो, जसलाई जुल-कर्नैनले निर्माण गरेका थिए।) उहाँले आफ्नो बुढी औंला र चोर औंलालाई जोडेर गोलाकार बनाई त्यस प्वालको आकार बारे सङ्केत गर्नुभयो। जैनब (रजियल्लाहु अन्हा) ले सोध्नुभयो: हे अल्लाहका रसूल! हामीबीच यति धेरै सत्कर्मी र सच्चा विश्वासीहरू हुँदाहुँदै पनि के हाम्रो विनाश हुनेछ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनलाई भन्नुभयो: "हो, जब अनैतिकता, पाप, व्यभिचार र रक्सी जस्ता दुष्ट कर्महरू बढ्छन्, तब सबैलाई नष्ट गरिनेछ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality