Hadith for the World
नबीको तरिका

निकाह र आफ्नो परिवार संग व्यवहारमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका

1 hadiths

1 hadiths

जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) बाट वर्णन गरिएको छ: एकदिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यन्त डराएको अवस्थामा उहाँको कोठामा प्रवेश गर्नुभयो र भन्नुभयो: "ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य उपास्य छैन), अरबको विनाश नजिकिएको छ, आज 'याजूज र माजूज' (Gog and Magog) को पर्खालमा यस्तो प्वाल परेको छ ।"उहाँले आफ्नो बुढी औंला र चोर औंलाले (गोलाकार घेरा बनाएर) प्वालको आकारतर्फ सङ्केत गर्नुभयो। जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) भन्छिन्: मैले सोधें, "हे अल्लाहका रसूल! के हामी माझ असल र धार्मिक मानिसहरू हुँदाहुँदै पनि हामी नष्ट हुनेछौँ?" उहाँले जवाफ दिनुभयो: "हो, जब पाप र दुष्टता अत्याधिक बढ्छ (तब प्रकोप आउनेछ)।""मुत्तफकुन अलैहि