Hadith for the World
Tap the image to view it full size
अकीदा

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,:

Available in 62 languages
«अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा कुरा भन्नुभयो र मैले पनि एउटा कुरा भन्छु। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " जो व्यक्ति अल्लाह बाहेक अरूको उपासना गरेको अवस्थामा मर्छ, ऊ नरकमा जानेछ ।" मैले भन्छु: जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरी मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ ।»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले अल्लाह बाहेक अरूको लागि कुनै कर्म गर्दछ, जुन केवल अल्लाहको लागि मात्र गरिनुपर्छ, जस्तै अल्लाह बाहेक अरूसित दुआ (प्रार्थना) गर्नु वा समस्याको समयमा अरू कसैलाई पुकार्नु इत्यादि र यसै अवस्थामा संसार छोड्छ भने ऊ नरकमा जानेछ । अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले थप भनेका छन्, जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरेको अवस्थामा मर्यो भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality