Hadith for the World
Tap the image to view it full size
अकीदा

जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:

Available in 55 languages
«जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "मलाई पाँचवटा कुराहरू दिइएको छ जुन मभन्दा पहिले कुनै पनि नबीलाई दिइएको थिएन : मलाई एक महिनाको दूरीसम्म डरले सहयोग गरिएको छ। सम्पूर्ण पृथ्वीलाई मेरो लागि उपासनास्थल र पवित्रताको माध्यम बनाइएको छ, त्यसैले मेरो उम्मतमध्ये जसले जहाँ पनि नमाजको समय पाउँछ, उसले त्यहाँ नमाज पढोस्। युद्धको धन मेरो लागि वैध गरिएको छ र मभन्दा पहिले कसैको लागि वैध थिएन। मलाई मध्यस्थता प्रदान गरिएको छ। अन्य नबीहरू आफ्नो समुदायको लागि खास गरेर पठाइएको थियो, तर मलाई सम्पूर्ण मानवजातिको लागि पैगम्बरको रूपमा पठाइएको छ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले बताउनु भयो, अल्लाह तआलाले उहाँलाई पाँचवटा चीजहरू दिनुभएको छ जुन उहाँ भन्दा पहिले कुनै पनि पैगम्बरलाई प्रदान भएको थिएन । पहिलो : मलाई त्रासद्वारा सहायता दिइएको छ, जुन मेरा शत्रुहरूको हृदयमा हालिदिएको छ, चाहे तिनीहरू र मेरो बीचमा एक महिनाको दूरी नै किन नहोस्। दोस्रो : सम्पूर्ण पृथ्वीलाई हाम्रो लागि मस्जिद बनाइएको छ ताकि हामी जहाँ चाहन्छौं त्यहाँ प्रार्थना गर्न सकौं। त्यसैगरी, पानी पाउन नसकेको अवस्थामा माटोद्वारा पवित्रता प्राप्त गर्छौं। तेस्रो : युद्धको धनमाल हाम्रो लागि वैध गरिएको छ, जुन मुस्लिमहरूले काफिरहरूसँगको युद्धमा लिन्छन्। चौथो : मलाई न्यायको दिनको भयावहबाट मानिसहरूलाई राहत दिनको लागि ठूलो मध्यस्थता (सिफारिसको हक) प्रदान गरिएको छ। पाँचौ : मलाई सबै जिन्न र मानवहरूको लागि पैगम्बरको रूपमा पठाइएको छ, जबकि मभन्दा पहिलेका पैगम्बरहरूलाई आफ्नै राष्ट्रहरूको लागि पैगम्बरको रूपमा पठाइएको थियो।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality