Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

सुलैमान बिन सुरद (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने:

Available in 53 languages
«सुलैमान बिन सुरद (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने: म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बसिरहेको थिएँ र दुई जना मानिसहरू एकअर्कालाई गाली गरिरहेका थिए। तिनीहरूमध्ये एक जनाको अनुहार (रिसले) रातो थियो र उसको नसाहरू फुलिरहेका थिए। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।" उहाँले भन्नुभयो: "यदि यो मानिसले: "म धिक्कारिएको शैतानबाट अल्लाहको शरण चाहन्छु," भन्छ भने उसको रिस शान्त हुनेछ। त्यसैले मानिसहरूले उनलाई भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, 'धिक्कारिएको शैतानबाट अल्लाहको शरण माग।' उनले भने, "के म पागल छु?"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

दुई व्यक्तिले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि गाली-गलौज र झगडा गरे। तीमध्ये एकजनाको अनुहार रातो भएको थियो र उसको घाँटी वरिपरिका नशाहरू फुलिएका थिए। यो दृश्य देखेर, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: मलाई एउटा यस्तो शब्द थाहा छ जुन यदि यो क्रोधित व्यक्तिले भन्यो भने, उसको रिस हट्नेछ। उसले भन्नुपर्छ: "म श्रापित शैतानबाट अल्लाहको शरण चाहन्छु।" तिनीहरुले भने: नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भनेका छन्: शैतानबाट बच्न अल्लाहको शरण माग । तर उसले जवाफ दियो: "के म पागल छु?" उसले सोच्यो कि पागल हुनेहरूले मात्र अल्लाहको शरण लिन्छन्।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality