Hadith for the World
नैतिकताको न्यायशास्त्र

नराम्रो आचरण

21 hadiths

21 hadiths

عَنِ ابْنِ عُمَرَ رَضيَ اللهُ عنهما قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «إِذَا جَمَعَ اللهُ الْأَوَّلِينَ وَالْآخِرِينَ يَوْمَ الْقِيَامَةِ يُرْفَعُ لِكُلِّ غَادِرٍ لِوَاءٌ، فَقِيلَ: هَذِهِ غَدْرَةُ فُلَانِ بْنِ فُلَانٍ».متفق عليه
अबू-बकरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : «के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"मुत्तफकुन अलैहि
عن أبي هريرة رضي الله عنه مرفوعاً: «أتدرون من المفلس؟» قالوا: المُفْلِس فينا من لا دِرهَمَ له ولا مَتَاع، فقال: «إن المفلس من أمتي من يأتي يوم القيامة بصلاة وصيام وزكاة، ويأتي وقد شَتَمَ هذا، وقذف هذا، وأكل مال هذا، وسَفَكَ دم هذا، وضرب هذا، فيعطى هذا من حسناته، وهذا من حسناته، فإن فنيت حسناته قبل أن يُقْضَى ما عليه، أخذ من خطاياهم فَطُرِحتْ عليه، ثم طُرِحَ في النار».رواه مسلم
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सात घातक कुराहरूबाट सावधान रहनुहोस् "। साथीहरूले सोधे: हे अल्लाहका रसूल! तिनीहरू के हुन? उहाँले भन्नुभयो: “अल्लाहसँग शिर्क गर्ने (साझेदार बनाउने), जादु गर्ने, अल्लाहले निषेध गरेको प्राणीलाई अन्यायपूर्ण ढंगले हत्या गर्ने, ब्याज लेनदेन गर्ने, अनाथको सम्पत्ति खाने, युद्धको मैदानबाट भाग्ने र स्वच्छर निर्दोष आस्थावान, सोझो महिलाहरूमाथि व्यभिचारको आरोप लगाउने ।"मुत्तफकुन अलैहि
सुलैमान बिन सुरद (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनले भने: म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग बसिरहेको थिएँ र दुई जना मानिसहरू एकअर्कालाई गाली गरिरहेका थिए। तिनीहरूमध्ये एक जनाको अनुहार (रिसले) रातो थियो र उसको नसाहरू फुलिरहेका थिए। त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: " म यस्तो कुरा जान्दछु, यदि उसले पढ्यो भने, उसको रिस समाप्त हुनेछ।" उहाँले भन्नुभयो: "यदि यो मानिसले: "म धिक्कारिएको शैतानबाट अल्लाहको शरण चाहन्छु," भन्छ भने उसको रिस शान्त हुनेछ। त्यसैले मानिसहरूले उनलाई भने, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, 'धिक्कारिएको शैतानबाट अल्लाहको शरण माग।' उनले भने, "के म पागल छु?"मुत्तफकुन अलैहि
عَنْ أَنَسٍ رَضيَ اللهُ عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «لَوْ كَانَ لِابْنِ آدَمَ وَادِيَانِ مِنْ مَالٍ لَابْتَغَى وَادِيًا ثَالِثًا، وَلَا يَمْلَأُ جَوْفَ ابْنِ آدَمَ إِلَّا التُّرَابُ، وَيَتُوبُ اللهُ عَلَى مَنْ تَابَ».متفق عليه
عن ابن عمر رضي الله عنهما مرفوعا: «الظلم ظلمات يوم القيامة». عن جابر رضي الله عنهما مرفوعا: «اتقوا الظلم، فإن الظلم ظلمات يوم القيامة، واتقوا الشُّحَ؛ فإنه أَهْلَكَ من كان قبلكم».حديث ابن عمر -رضي الله عنهما-: متفق عليه. حديث جابر -رضي الله عنه-: رواه مسلم
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "शङ्का बाट होसियार; किनकि शङ्का सबैभन्दा झूटो कुरा हो । र एकअर्काको छानबिन नगर्नु, र गोप्य कुरा थाहा पाउन खोज्नु नगर्नु, एकअर्कासंग ईर्ष्या नगर्नु, एकअर्काको पछि नलाग्नु, एकअर्कासंग घृणा नगर्नु र सबै अल्लाहका सेवक र आपसमा दाजुभाइ जस्तै भएर बस्नु।"मुत्तफकुन अलैहि
अब्दुल्लाह बिन मस्ऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्: नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: मुस्लिमलाई गाली गर्नु घोर पाप हो र झगडा गर्नु कुफ्र हो ।मुत्तफकुन अलैहि
عن عبد الله بن عمرو بن العاص رضي الله عنهما أن رسول الله صلى الله عليه وسلم قال: «من الكبائر شَتْمُ الرجل والديه» قيل: وهل يسبّ الرجل والديه؟ قال: «نعم، يسبّ أبا الرجل فيسبّ أباه، ويسبّ أمّه، فيسبّ أمّه».متفق عليه
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको नजरमा सबैभन्दा घृणित व्यक्ति त्यो हो जो अत्यन्त झगडालु र सधैं विवादमा रहन्छ ।"मुत्तफकुन अलैहि
अबू-दर्दा (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "निश्चय नै, धेरै सराप दिने मानिसहरू कियामतको दिन न त साक्षी हुनेछन्, न त सिफारिसकर्ता (शफाअत गर्नेवाला) नै हुनेछन्।"मुस्लिमले वर्णन गरेका छन्
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ : "अन्यायबाट टाढै रहनुहोस्, किनकि न्यायको दिनमा यो अन्धकार बनेर आउनेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि त्यसै कारणले तिमीहरू भन्दा पहिलेका मानिसहरू नष्ट भएका थिए। यसै अत्यधिक लोभ र लालसाले उनीहरूलाई एकअर्कासँग रक्तपात गर्न र अवैध तथा वर्जित कार्यहरू गर्न उक्साएको थियो।"मुस्लिमले वर्णन गरेका छन्
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निस्सन्देह अल्लाहले अत्याचारीलाई मौका दिनुहुन्छ, तर जब पकड गर्नुहुन्छ तब छोड्नु हुन्न । त्यसपछि उहाँले यो आयत पढ्नुभयो : {"तिम्रा पालनकर्ताको पकड यस्तै हुनेछ जब उनी अवज्ञामा लिप्त नगरहरूलाई समात्नेछन् वास्तवमा - उनको पकड कष्टकर र शसक्त हुने गर्छ।} [सूरह हूद: 102]मुत्तफकुन अलैहि
عن أبي هريرة رضي الله عنه مرفوعًا: «بينما رجل يمشي في حُلَّةٍ تُعْجِبُهُ نَفْسُهُ، مُرَجِّلٌ رأسه، يَخْتَالُ في مَشْيَتهِ، إذ خَسَفَ اللهُ به، فهو يَتَجَلْجَلُ في الأرض إلى يوم القيامة".متفق عليه
عن عبد الله بن مسعود رضي الله عنه عن النبيِّ صلى الله عليه وسلم ، قَالَ: «لا يدخلُ الجنةَ مَن كان في قلبه مِثقال ذرةٍ من كِبر» فقال رجل: إنّ الرجلَ يحب أن يكون ثوبه حسنا، ونَعله حسنة؟ قال: «إنّ الله جميلٌ يحب الجمالَ، الكِبر: بَطَرُ الحق وغَمْطُ الناس».رواه مسلم
समुरह बिन जुन्दब र मुगीरा बिन शोअबा (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जो कोहीले मेरो तर्फबाट यस्तो हदीस सुनाउँछ, जसलाई ऊ झूट भएको ठान्दछ (अर्थात् झूट हो भन्ने थाहा हुँदाहुँदै पनि वर्णन गर्छ), त्यस्तो व्यक्ति स्वयं पनि झूट बोल्नेहरूमध्ये एक ठहरिन्छ।”رواه مسلم في مقدمته
عَنْ هِشَامِ بْنِ حَكِيمِ بْنِ حِزَامٍ رَضيَ اللهُ عنهما أَنَّهُ مَرَّ عَلَى أُنَاسٍ مِنَ الْأَنْبَاطِ بِالشَّامِ، قَدْ أُقِيمُوا فِي الشَّمْسِ، فَقَالَ: مَا شَأْنُهُمْ؟ قَالُوا: حُبِسُوا فِي الْجِزْيَةِ، فَقَالَ هِشَامٌ: أَشْهَدُ لَسَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ: «إِنَّ اللهَ يُعَذِّبُ الَّذِينَ يُعَذِّبُونَ النَّاسَ فِي الدُّنْيَا».رواه مسلم
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन। एक पुरुषले अर्को पुरुषसँग एउटै कपडाभित्र सुत्नु हुँदैन र एक महिलाले अर्को महिलासँग एउटै कपडाभित्र सुत्नु हुँदैन।"मुस्लिमले वर्णन गरेका छन्
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले जानाजानी मेरो नाममा झूट बोल्छ, उसले आफ्नो स्थान नरकमा सुनिश्चित गरोस्।"मुत्तफकुन अलैहि
أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ مَرَّ عَلَى صُبْرَةِ طَعَامٍ فَأَدْخَلَ يَدَهُ فِيهَا، فَنَالَتْ أَصَابِعُهُ بَلَلًا فَقَالَ: «مَا هَذَا يَا صَاحِبَ الطَّعَامِ؟» قَالَ أَصَابَتْهُ السَّمَاءُ يَا رَسُولَ اللهِ، قَالَ: «أَفَلَا جَعَلْتَهُ فَوْقَ الطَّعَامِ كَيْ يَرَاهُ النَّاسُ؟ @مَنْ غَشَّ فَلَيْسَ مِنِّي».رواه مسلم