Hadith for the World
Tap the image to view it full size
सद्गुण र आचरण

अबू-बकरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :

Available in 65 languages
«अबू-बकरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : «के म तिमीहरूलाई सबैभन्दा ठूलो पापबारे खबर नगरुँ?» उहाँले तीन पटक सोध्नुभयो। सबैले भने, "अवश्य, ए अल्लाहका रसूल (भन्नुहोस्)।" तब उहाँले भन्नुभयो, "अल्लाहसँग शिर्क गर्नु (उहाँको साझेदार बनाउनु) र आमाबाबुको अवज्ञा गर्नु।" अनि उहाँ अडेस लगाएर बसिरहनुभएको थियो, उठेर भन्नुभयो, "झूटो कुरा गर्नु पनि ठूलो पाप हो।" अनि यस कुरालाई उहाँले यति धेरै दोहोर्याउनुभयो कि हामीले सोच्यौँ, "सायद उहाँ अब चुप हुनुहुन्छ।"»

Meaning translation ·

Explanation

The meaning in a few plain lines

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई सबैभन्दा ठूलो पापहरू बयान गर्दा यी तीनवटा पापहरू बताउनु भयो : १) अल्लाहसँग शिर्क गर्नु: अर्थात् अल्लाह बाहेक अरूको उपासना गर्नु । अल्लाह बाहेक अरू कसैलाई अल्लाहको उपासना, उहाँको नाम र उहाँका गुणहरूमा बराबरी ठहर गर्नु हो। २) आमाबाबुको अवज्ञा गर्नु: यसको मतलब बोली वा कर्मद्वारा आमाबाबुलाई कुनै प्रकारको पीडा दिनु वा उनीहरूसँग राम्रो व्यवहार नगर्नु हो । ३) झूट बोल्नु र यसमा झूटो गवाही दिनु समावेश छ : झूटो गवाही भनेको कसैको सम्पत्ति चोर्ने वा कसैको अपमान गर्ने उद्देश्यले गरिएको प्रत्येक झूटा बयानलाई जनाउँछ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले झूट बोल्न विरुद्ध बारम्बार चेतावनी दिनुभयो, किनभने झूट एक खराब कुरा हो र समाजमा यसले ठूलो नकारात्मक प्रभाव पार्दछ। उहाँ ले यति धेरै पटक यस कुरा लाई दोहोर्याउनु भयो, यहाँसम्म कि उहाँका साथीहरूले उहाँको कष्ट देखेर उहाँप्रति माया देखाउदै चुप लाग्नुभएको भए बेश हुन्थ्यो सोचे।

Source
मुत्तफकुन अलैहि
Download image

Saved at original quality